Ad Area

लघुवित्तिय सस्था विरुद्ध घोराहीमा प्रदर्शन


दाङ,१६ फागुन । लघुवित्तिय सस्थाहरुबाट पीडित नागरिकहरुले घोराहीमा विरोध प्रदर्शनन गरेका छन् । लघुवित्तिय सस्था विरुद्धको संघर्ष समिति नेपालको आयोजनमा जिल्लाका विभिन्न ठाउँबाट घोराहीमा जम्मा भएका उनीहरुले लघुसस्था विरुद्ध नारावाजी गर्दै घोराही बजारमा परिक्रमासँगै जिल्ला प्रशासन कार्यालयमा धर्ना समेत दिएका थिए ।

विरोध प्रदर्शनपछि जिल्ला प्रशासन कार्यालय अघि भएको विरोध कार्यक्रममा बोल्नेहरुले लघुवित्तिय सस्थाको ज्याजति रोक्नुपर्ने समेत माग गरेका छन् । सस्तो ऋणको लोभ देखाएर गाउँगाउँमा लघुवित्तिय सस्थाहरुले नागरिकलाई दुःख दिने काम गरिरहेको भन्दै उनीहरुले त्यसका विरुद्ध पीडित नागरिकहरु एकजुट हुनुपर्ने समेत बताएका थिए । साथै उनीहरुले लघुवित्तिय सस्थाहरुबाट भएको ज्याजती रोक्नका साथै पीडितहरुलाई न्याय दिन सरकारसँग माग गरेका छन् ।

उनीहरुले नेपाल बैंकबाट दश प्रतिशतमा ऋण लिएर गाउ १५ देखि ४० प्रतिशतसम्म व्याज असुल्ने लघुवित्तिय सस्थाहरुलाई कारवाहीसँगै दर्ता खारेजी गर्नुपर्ने, पीडितको ऋण मिनाह गर्नुपर्ने भन्दै त्यो नगरे देशव्यापी रुपमा संघर्षका कार्यक्रमहरु घोषणा गर्ने समेत बताएका थिए ।

धर्ना कार्यक्रमलाई सम्वोधन गर्दै लघुवित्तिय सस्था विरुद्धको संघर्ष समितिका केन्द्रीय सदस्य कृष्ण नेपालीले लघुवित्तिय सस्थाहरुलाई खारेजी गरेर पीडितहरुको ऋण मिनाहा गर्नुपर्ने बताए । ग्रामीण क्षेत्रका सोझा महिलाहरुलाई विभिन्न प्रलोभन देखाएर अहिले उठिवास लगाउने अवस्थामा लघुवित्तिय सस्थाहरुले पु¥याएको भन्दै यसका विरुद्धमा आफुहरुले निरन्तर रुपमा संघर्ष गरिरहने बताएका थिए ।