Ad Area

राप्ती साहित्य परिषद्ले प्रदेशस्तरीय गजल प्रतियोगिता गर्ने


दाङ, १७ फागुन । राप्ती साहित्य परिषद्ले लुम्बिनी प्रदेशस्तरीय गजल प्रतियोगिता गर्ने भएको छ ।

परिषद्ले ४६ ओैँ स्थापना दिवस तथा २३ ओैँ साधारणसभाको अवसरमा गजल प्रतियोगिता गर्ने भएको हो । गजल प्रतियोगितामा लुम्बिनी प्रदेशका स्रष्टाहरू सहभागी हुन सक्ने परिषदका अध्यक्ष टीकाराम उदासीले जानकारी दिएका छन् ।

परिषद्को पछिल्लो सचिवालय बैठकले आगामी वैशाख मसान्तभित्र ४६ ओैँ स्थापना दिवस तथा २३ ओैँ साधारणसभा सम्पन्न गर्ने निर्णय गरेको हो ।

बैठकले स्थापना दिवसको अवसरमा स्रष्टा तथा कृति सम्मानका लागि प्रतिभा छनौट समितिसमेत गठन गरेको छ । समितिको संयोजकमा परिषद्का सल्लाहकार पुरूषोत्तम खनाल रहेका छन् । त्यस्तै समितिको सदस्यमा सुशील गौतम, खगराज न्यौपाने, कमलमणि देवकोटा र केशव थापा रहेका छन् ।

बैठकले परिषद्का शाखाहरूलाई यही चैत्र मसान्तभित्र साधारण सभा सम्पन्न गर्न निर्देशन दिएको छ । साथै परिषद्ले रूकुम पश्चिमको शाखाको समयावधि एक वर्षका लागि थप गरी कार्य सञ्चालन गर्न पनि निर्देशन दिएको छ । यसका साथै बैठकले परिषद्का शाखाहरूले सम्बन्धित जिल्लामा २०७७ र २०७८ मा प्रकाशित भएका कृतिहरू केन्द्रीय परिषद्मा चैत्र मसान्तसम्म उपलब्ध गराउन अनुरोध गरेको छ ।

बैठक परिषद्का अध्यक्ष टीकाराम उदासीको अध्यक्षतामा सम्पन्न भएको थियो । बैठकमा परिषद्का सल्लाहकार पुरूषोत्तम खनाल, पद्मप्रसाद शर्मा, वरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटा, उपाध्यक्ष दीपक शर्मा समीर, कोषाध्यक्ष डा।खेमराज मल्ल, सदस्य खेमराज गाउँले, गोपाल भुसाल अभिलाषी लगायतले धारणा राखेका थिए । बैठकको सहजीकरण सचिव आदिम केसीले गरेका थिए ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad