Ad Area

निर्माण व्यवसायी महासंघ लुम्विनीको अध्यक्षमा राना निर्वाचित


घोराही,१८ फागुन । नेपाल निर्माण व्यवसायी महासंघ लुम्विनी प्रदेशको अध्यक्षमा बलिभद्र राना सर्वसम्मत निर्वाचित भएका छन् । राना लुम्विनी प्रदेश निर्माण ब्यवसायी महासंघको अध्यक्षमा लगातार दोश्रो कार्यकालका लागि सर्वसहमत रुपमा चयन भएका हुन ।

बुधवारदेखि घोराहीमा सुरु भएको तेश्रो साधारणसभा तथा दोश्रो अधिवेशनले अध्यक्षलगायत अन्य पदहरुमा समेत सर्वसहमत गर्ने प्रयास भैरहेको छ । राना गएको प्रदेशसभा निर्वाचनमा एमालेबाट प्रदेशसभा सदसयमा उम्मेदवार बनेपनि पराजित भएका थिए ।

Blog Post Ad Blog Post Ad