Ad Area

शारिरीक तथा मानसिक स्वास्थ्यका लागि योगको आवश्यकता


प्रमोद आचार्य

दंगीशरण,२० फागुन । पताञ्जलि योग समिति दंगीशरणको आयोजना तथा पताञ्जलि योग समिति दाङ जिल्लाको अभिभाकत्वमा योग जागरण कार्यक्रम दंगीशरण गाउँपालिकाको शभाहलमा शनिवार सम्पन्न भएको छ ।

योगप्रति सवैलाई प्रेरित गर्दै सभ्य अनि स्वस्थ समाज निर्माणका लागी योग जागरण अभियानको आयोजना गरिएको पताञ्जलि योग समिति दाङका सदस्य तथा दंगीशरणका संयोजक दिपक बिष्टले बताएका छन् ।

‘गोबर गहुँत खेतमा’, ‘शुद्ध अन्न पेटमा’, ‘गरौ योग रहौ निरोग’, ‘जस्तो अन्न उस्तै मन’लगायतका प्लेकार्ड र व्यानरसहित राष्ट्रिय झण्डासहित सभाहलबाट निस्केको ¥याली हेकुली बजार परिक्रममा गरी सभाहलमा पुगी योग जागरण कार्यक्रममा परिणत भएको थियो । सयौं संख्यामा योगप्रति रुचि राख्ने योग साधक तथा साधिकाहरुको उपस्थितिमा भब्य समारोहकाबिच योग जागरण कार्यक्रमको समापन गरिएको हो ।

कार्यक्रमलाई सम्वोधन गर्दै योग प्रशिक्षक तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीले योगले शारिरीक स्वस्थतासँगै मानसिक स्वास्थ्यमा पनि फाइदा गर्ने बताउँदै योगप्रति लाग्न सवैलाई आग्रह गरेका थिए । २०७३ देखि आफु योगमा समाहित भएको र योगले आफ्नो जीवनशैली नै परिवर्तन गरेको भन्दै उनले पछिल्लो समयमा हरेक नागरिकलाई लागि योग आवश्यक रहेको बताए । उनले सामाजमा रहेक नागरिकको आवश्यकतालाई मध्यनजर गर्दै वडा न ५ र वडा न ३ मा नबनिर्मित योग हलको काम अन्तिम चरणमा रहेको जानकारी गराएका थिए ।

विशिष्ठअ अतिथि बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्रीले स्वस्थ समाज निर्माण गर्न योगको अपरीहार्यता रहेको बताएका थिए । कार्यक्रममा बोल्दै पतान्जलि योग समिति लुम्विनी प्रदेशका प्रशिक्षण बिभाग प्रमुख दिपक बस्यालले अब योगले हरेक क्षेत्रको नेतृत्व गर्दै सभय समाज निर्माणदेखि सनातन धर्मको संरक्षणका लागि पनि योगको आवश्यकता रहेको बताएका थिए ।

Blog Post Ad

कार्यक्रममा दाङ जिल्ला योग प्रशिक्षक तथा प्रभारीहरुको उपस्थिति रहेको थियो । पताञ्जलि योग समिति दंगीशरणका संयोजक दिपक बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा पताञ्जलि योग समिति दाङका जिल्ला सदस्य रोबरसिंह ढकालको स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सदस्य अमर भुसालले गरेका थिए ।

Blog Post Ad Blog Post Ad