Ad Area

दलित पत्रकार संघको स्थापना दिवस


तुलसीपुर, २० फागुन । राष्ट्रिय दलित पत्रकार संघ नेपाल दाङ शाखाले १२औँ स्थापना दिवस मनाएको छ । कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद् प्रचण्ड विक्रम न्यौपानेले जातीय छुवाछूत तथा भेद्भाव गर्ने व्यक्तिलाई समाजबाट बहिष्कार र निरुत्साहित पर्ने बताए । ‘नेपालमा छुवाछूत अन्त्यका लागि कानुनहरू थुप्रै बनेका छन् तर कार्यान्वयन हुनसकेका छैनन्’, उनले भने ।

नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष सन्तोष सुवेदीले छुवाछूत अन्त्यका लागि समाजका प्रमुखहरूलाई झक्झकाउन जरुरी रहेको बताए । अको¥यावका केन्द्रीय सदस्य संगीत बस्यालले दलित पत्रकारहरूको समाजमा उपस्थिति प्रशंसा योग्य रहेको बताए । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ का अध्यक्ष मानबहादुर रावतले समाजबाट दबिएका आवाज बाहिर ल्याउन पत्रकारहरू जागरूप भएर लाग्नुपर्ने बताए ।

राष्ट्रिय दलित पत्रकार संघ दाङका अध्यक्ष बसन्त परियारको अध्यक्षतामा भएको कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सचिव एवम् दलित अधिकारकर्मी निर्मल नेपालीले दलितको मुद्दालाई स्थापित गर्न पत्रकारको भूमिका महत्वपूर्ण रहने बताए । कार्यक्रममा एकीकृत समाजवादीका देउमन दमाई, दलित अधिकारकर्मी युवा करारा, जनजाति पत्रकार संघ दाङका अध्यक्ष प्रेमबहादुर राम्जा, दलित अधिकारकर्मी एवम् कानुन व्यवसायी गोपाल नेपाली, दलित अधिकारकर्मी खेमराज विश्वकर्मा, अधिकारकर्मी युवा करारा, जनपत्रकार संघ नेपाल दाङका जिल्ला इञ्चार्ज हेमन्तप्रकाश वलीले मन्तव्य व्यक्त गरेका थिए ।

दलित पत्रकार सघं दाङका बरिष्ठ उपाध्यक्ष गिरिराज नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा ५ जना पत्रकार सहित विभिन्न व्यक्तिहरू सम्मानित एवम् पुरस्कृत गरिएको थियो । संघले पत्रकार देविका परियार र रमा नेपालीलाई नगदसहित पुरस्कृत गरेको छ । त्यस्तै संघका पूर्व जिल्ला उपाध्यक्ष लक्ष्मण विश्वकर्मा, जीवन नेपाली, सुवास परियार, युवराज नेपाली, नारायण परियार, अरुणकुमार नेपाली र ध्रुवराज न्यौपानेलाई सम्मानित गरेको थियो ।

Blog Post Ad Blog Post Ad