Ad Area

कोरोना संक्रमण फैलन सक्ने तर्फ सचेत हुनुपर्ने


कोरोना संक्रमणको दर घट्दै गएको छ । २०७६ साल चैत ११ गतेदेखि लकडाउन सुरु भएको थियो । त्यस यता संक्रमण दर बढेपनि हाल नियन्त्रणमा आउन थालेको देखिएको छ । यहाँका स्वास्थ्य सरोकारवाला, सरोकारवाला निकाय, प्रहरी प्रशासन, सामाजिक संघसंस्था, व्यक्तिको बैचारिक एकताका कारण कोरोनालाई परास्त गर्न सकिएको एक कार्यक्रममा सहभागिले बताएका छन् । इन्सेक दाङको आयोजनामा कोभिड १९ महामारीका दौरानमा अग्रणी भुमिका निर्वाह गरिरहेका मानवअधिकार रक्षकको अवस्था चुनौती र संरक्षण विषयक कार्यक्रममा बोल्ने सहभागिले सो कुरा बताएका हुन् ।

कार्यक्रमम जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड फोकल पर्सन कलम चन्दले कोरोना भाइरस नियन्त्रणमा सबैको भुमिका महत्वपूर्ण रहेको बताए । हाल कोरोना संक्रमण दर घट्दो अवस्थामा भएको जानकारी गराए । अहिले कोरोनाको खोप कार्यक्रमलाई प्राथमिकता दिएको छ । २०७७ साल माघ १४ गते देखि सुरु गरिएको खोप कार्यक्रममा एक लाख ३७ हजारलाई सहभागि गराइएको छ । कोभिशिल्ड, भेरोसेल, जोनसेन खोप विभिन्न चरणमा दिइएको हो ।

अहिले सम्म जिल्लामा १२ हजार ८ सय २८ जना कोरोना संक्रमितको संख्या हो । दुई सय ७१ जनाको मृत्यू भएको छ । १२ हजार पाँच सय २९ जना कोरोना संक्रमितहरु उपचार पछि निको भएका छन् ।  कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अंगद बहादुर शाहीले हाल कोरोना आउन सक्नेतर्फ सचेत हुन आवश्यक भएको बताए । जिल्लाको अवस्था हाल सामान्य भएपनि भाइरस आइहालेको सन्दर्भमा नियन्त्रणका लागि तयारी अवस्थामा रहन आवश्यक भएको बताए । कोरोना भाइरसको पहिलो लहरले खासै फरक नपरेको भएपनि दोस्रो लहरले भने क्षती पु¥याएको बताए । समन्वयका कारणल जिल्लामा कोरोना संक्रमणलाई नियनत्रण गर्न सकिएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले महामारीका समयमा सबै एकजुट भएको स्मरण गरे । असहजताका वीच पनि जिल्लाका सरोकारवालाहरु एक भएको बताउनुभएको हो । यसका साथै आगामी दिनमा पनि यस्ता खालका भाइरसहरु आएको सन्दर्भमा नियन्त्रणका लागि तयारी आवश्यक भएको बताए । अहिले पनि बजारमा मास्क नलगाई हिड्नेहरुको संख्या बढेको भन्दै लापरबाही गर्न नहुने तर्फ सचेत रहनुपर्ने बताए । खासगरी जान्ने बुझ्नेहरुनै लापरबाही गर्ने गरेका छन् ।

कार्यक्रममा हुमाकान्त कडेलले लुम्बिनी प्रदेशमा ७ जना अपांगता भएका व्यक्तिहरुको कोरोना भाइरस संक्रमणका कारण मृत्यू भएको बताए । सामान्य नागरिकहरुको तुलनामा अपांगता भएका व्यक्तिहरु सहज रुपमा खोप स्थल सम्म पुग्न नसक्ने भएकाले खोप कार्यक्रममा प्राथमिकता दिनुपर्ने माग राखे । आउने दिनहरुमा खोप लगाउदा अपांगता भएकाहरुलाई सहज तरिकाले प्राथमिकतामा राखी खोप कायृक्रममा सहभागि गराउनुपर्ने बताए ।

कार्यक्रममा महिला अधिकारक्रर्मी हुमा डिसीले खोप कार्यक्रमलाई चुस्त बनाउन नसकिएको बताइन् । खोप कार्यक्रम संचालनको समयमा लक्षित बर्गले खोप लगाउनमा समस्या देखिएको थियो । यसका साथै सरोकारवालाले पहुँचका आधारमा खोप बाडेको देखिएको बताइन् । यसका साथै कोरोना भाइरसको संक्रमणको दर बढेको समयमा धेरै मानव अधिकार हनन्का घटना भएको बताइन् । स्वास्थ्यक्रर्मी, जनप्रतिनिधि, पत्रकार, सरोकारवालाहरुको अधिकार हनन् भएको स्मरण गरिन् । खासगरी नागरिक संग प्रत्येक्ष जोडिएका व्यक्तिहरुलाई कोरोना सार्ने भन्दै कोठावाट निकाली दिने र अमानवीय व्यबहार गरिएको बताइन् ।

कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक नेपालगञ्ज लुम्बिनी प्रदेश संयोजक भोला महल, नेपाल परिवार नियोजन संघ दाङ शाखाका डां अमित लामगादे, जिल्ला प्रशासन कार्यालयका टेक गौतम, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरिक्षक मुकुन्द रिजाल, घोराही १४का वडा अध्यक्ष शक्तिराम डाँगी, पत्रकार महासंघकी उपाध्यक्ष बसुन्धरा गौतम, नेपाल रेडक्रस सोसाइटी घोराही शाखा सभापती थम्मन चौधरी, तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख ओम प्रकाश न्यौपाने, लमही नगरपालिका स्वास्थ्य शाखा प्रमुख लोकराज पौडेल, नागरिक समाज दाङ पूर्ब अध्यक्ष चन्द्रराज पन्तले आफ्ना भनाई राखेका थिए । मानव अधिकार सञ्जाल दाङका अध्यक्ष केशव कुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रमको संचालन जेएन सागरले गरेका थिए ।