उद्योग वाणिज्य महासंघको प्रदेश कोषाध्यक्षमा दाङका भुसाल

दाङ, २२ फागुन । नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशको कोषाध्यक्षमा दाङका नारायणप्रसाद भुसाल निर्विरोध निर्वाचित भएका छन् । दाङ जिल्ला उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहेका भुसाल प्रदेश कोषाध्यक्षमा निर्वाचित भएका हुन ।
यहि फागुनको २७ गते भैरहवामा हुने नेपाल उद्योग बाणिज्य महासंघको अधिवेशनका लागि आइतवार मनोनयन दर्ता गर्ने कार्यतालिका थियो । कार्यतालिका अनुसार प्रदेश अध्यक्षलगायतका सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन । जसअन्तर्गत नेपाल उद्योग बाणिज्य महासंघ लुम्विनी प्रदेशको अध्यक्षमा पुन कृष्णप्रसाद शर्मा चयन भएका छन् । निर्वाचन प्रक्रियामा शर्मासहित ११ जनाको मात्र उम्मेद्धारी परेपछि उनीहरु निर्विरोध भएका हुन ।
भैरहवा निवासी शर्मा अहिले पनि लुम्बिनी प्रदेश अध्यक्ष हुन । समितिको जिल्ला नगर उपाध्यक्षमा रोल्पाका बालकृष्ण सुवेदी, एशोसियट उपाध्यक्षमा भैरहवाका कुलप्रसाद न्यौपाने, समितिका सदस्यहरुमा अर्घाखाचीका प्रदिप मिश्र, गुलरीयाका दे्रवेन्द पाण्डे, पाल्पाका मधुदयाल सैजु, कपिल वस्तुका देविप्रसाद पाण्डे, रुपन्देहिका हरि भण्डारी, एशोसियट सदस्य आन्नदप्रसाद ओझा, एशोसियट सदस्य सौरभ अग्रवाल चयन भएको प्रमुख निर्वाचन अधिकृत धर्मवहादुर खड्काले जानकारी दिएका छन । नेपाल उद्योग वाणिज्य महासंघको अधिवेसन यही फागुन २७ गते हुने बताइएको छ ।