Ad Area

दाङ महिला जेसीजद्वारा होली मिलन कार्यक्रम सम्पन्न


घोराही, २३ फागुन । होली पर्वको अवसरमा दाङ महिला जेसीजले होली मिलन कार्यक्रम सम्पन्न गरेको छ । जेसीजकी अध्यक्ष नारायणी भण्डारीको अध्यक्षता तथा ब्रह्मकुमारी राप्ती क्षेत्रीय प्रमुख राजयोगिनी गीता न्यौपानेको प्रमुख आतिथ्यमा मंगलबार जेसीज सचिवालयमा होली मिलन कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा वक्ताहरुले रंगहरुको पर्व होलीले आपसी सद्भावसँगै बैरभाव अन्त्यको प्रतिकका रुपमा मनाईने होलीले मानव मानवबीचको सदभाव प्रगाढ बनाउन भुमिका खेल्ने विश्वास गर्नुभयो ।

प्रमुख अतिथि राजयोगिनी न्यौपानेले होली पर्वलाई फाल्गुण पूर्णिमाको दिनमा मनाईने होली पर्व घरपरिवार साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने, रमाइलो गर्ने तथा आपसी रिसराग त्यागेर उत्साह र उमङ्गका साथ सदभाव कायम गरिने पर्वका रुपमा होली पर्वको विशेष महत्व रहेको बताउनुभयो ।

हिन्दू संस्कृति अनुसार यसको इतिहास त्रेता युग सँग जोडिएको बताउँदै उहाँले त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग यो चाडलाई जोडेर हेरिने गरिएको छ हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै बहिनी होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आँफै आगोमा भष्म भएको उहाँको भनाई थियो । सो समयमा विष्णु भक्त प्रल्हादलाई केही नभएको त्यही दिनको सम्झनामा होली पर्व मनाउन सुरू भएको मानिने हुँदा यसको आफ्नै महत्व रहेको उहाँले बताउनुभयो ।

सदस्यता वृद्धि सभापति रेमन्ता पुनको आस्था पाठबाट तथा उपाध्यक्ष विन्दु डाँगी पाण्डेको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण महसचिव अर्चना शर्माले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad