Ad Area

राप्रपाले राष्ट्रपतिको चुनावमा मतदान नगर्ने


काठमाडौं,२४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले भोलि हुने राष्ट्रपतिको निर्वाचनमा मतदान नगर्ने भएको छ ।
बुधवार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिको चुनावमा तटस्थ बस्ने निर्णय गरेको हो । राष्ट्रपति निर्वाचन भोलि हुँदैछ । कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।

राष्ट्रपति निर्वाचनमा संघीय सांसद र प्रदेशसभा सदस्यहरुले मतदान गर्नेछन् । राप्रपाका १४ जना संघीय सांसद र २८ जना प्रदेशसभा सदस्य छन् । पार्टी कार्यालय, धुम्बाराहीमा बसेको बैठकमा बोल्ने कार्यसम्पादन समितिका अधिकांश सदस्यले तटस्थ बस्नुपर्ने धारणा राखेका थिए । पार्टीले संवैधानिक राजसंस्थाको मुद्दा उठाएकाले राष्ट्रपति निर्वाचनमा भाग लिन नहुने उनीहरुको तर्क थियो ।

Blog Post Ad Blog Post Ad