Ad Area

दाङ महिला जेसीजद्वारा नारी दिवसको अवसरमा कुर्सी दौड


घोराही, २४ फागुन । दाङ महिला जेसीजले ११३औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा कुर्सी दौड कार्यक्रम गरेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १ को वडा कार्यालयमा बुधबार दाङ महिला जेसीज र वडा नम्बर १ का महिलाबीच मैत्रीपूर्ण कुर्सी दौड भएको हो ।

जेसीजकी अध्यक्ष नारायणी भण्डारीको अध्यक्षता तथा वडा नम्बर १ का वडा अध्यक्ष राममणि पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बुकाकी देवा पोख्रेल प्रथम, दाङ महिला जेसीजकी शारदा घर्ती द्वितीय, काँडाखुटीकी बसन्ती सुनार तृतीय हुनुभयो । दिवसको अवसरमा आयोजित कार्यक्रममा महिलाहरुको क्षमता विकासका लागि आत्मविश्वास जगाउने काम यस प्रकारका अभियानले सहयोग गर्ने प्रमुख अतिथि पाण्डेको भनाई थियो ।

दाङ महिला जेसीजको आयोजना तथा वडा नम्बर १ को आर्थिक सहयोगमा भएको कार्यक्रममा वडा सदस्य सुगाकुमारी डाँगी, नेकपा एमाले वडा कमिटी अध्यक्ष टोपा पौडेल, जेसीजकी निवर्तमान अध्यक्ष शारदा घर्ती, पूर्व अध्यक्ष ममता विष्ट, जिवा भुसाललगायतले बोल्नुभएको थियो ।

उहाँहरुले व्यक्तित्व र नेतृत्व विकाससँगै महिलाहरुको हकअधिकारका क्षेत्रमा पनि आवाज उठाउने काम गरेर महिला जेसीजले सामाजिक रुपान्तरणमा योगदान गरिरहेको बताउनुभयो । तालिम निर्देशक मिना भण्डारी वलीको आस्थापाठ तथा कोष वृद्धि सभापति आराधना सिंह ठकुरीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण उपाध्यक्ष बिन्दु डाँगी पाण्डेले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad