Ad Area

घोराहीमा पुजीगत खर्च न्यून


दाङ, २६ फागुन । घोराही उपमहानगरपालिकाले ६ महिनाको अवधिमा ८ प्रतिशत पनि पुँजीगत बजेट खर्च गर्नसकेको छैन । उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७९÷०८० को पुस मसान्तसम्ममा ७.५ प्रतिशत पुँजीगत बजेट खर्च गरेको हो ।

घोराहीमा चालु आर्थिक वर्षमा कुल १ अर्ब ७ करोड ४५ लाख ९ हजार ५ सय बजेट रहेकोमा पुस समान्तसम्ममा जम्मा ८० करोड ५ लाख ६९ हजार ४ सय १९ रूपैया ४७ पैसा खर्च भएको छ । जुन ७.५ प्रतिशत रहेको घोराही उपमहानगरपालिकाले वेव साइडमा सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो चौमासिक प्रतिवेदनमा उल्लेख छ ।

६ महिनाको अवधिमा भएको पँुजीगत खर्चले विकास निर्माणको कामले गति लिन नसकेको देखाएको छ । आर्थिक वर्षको सुरुआतमा विकासका काम नहुने तर आर्थिक वर्षको अन्त्यमा आएर विकासका काम हुने प्रवृत्ति विगत लामो समयदेखि नै छ । यसबाट उपमहानगरपालिका पनि अछूतो छैन ।

जनप्रतिनिधिहरू आएपछि यसको सुधार हुने अपेक्षा गरिए पनि यस प्रकारको संस्कार परिवर्तन हुनसकेको छैन । चालुतर्फ ६ महिनाको अवधिमा ४१.७२ प्रतिशत बजेट खर्च भएको छ । चालु आर्थिक वर्षमा चालुतर्फ १ अर्व २७ करोड ३० लाख ६९ हजार ५ सय बजेट रहेको थियो । पुस मसान्तसम्ममा ५३ करोड ११ लाख ४९ हजार ७ सय २३ रूपैयाँ १२ पैसा खर्च भएको छ । जुन खर्च ४१.७२ प्रतिशत हो ।

उपमहानगरपालिकाको कूल बजेट २ अर्ब ३४ करोड ७५ लाख ७९ हजार रहेको थियो । जसमा पुस मसान्तसम्मा ६१ करोड १७ लाख १९ हजार १ सय ४२ रूपैया ५९ पैसा खर्च भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । जुन खर्च २६.०५ प्रतिशत हो ।

उप महानगरपालिकाअन्तर्गतका कार्यक्रममा १ अर्ब ५३ करोड ४८ लाख ९१ हजार बजेट रहेकोमा ६ महिनाको अवधिमा २८ करोड ३५ लाख १ हजार १ सय ७१ रूपैयाँ २९ पैसा खर्च गरेको छ । जुन खर्च १८.४७ प्रतिशत हो । चालुतर्फ ६१ करोड ७० लाख १ हजार ५ सय बजेट रहेकोमा पुस मसान्तसम्ममा २१ करोड ३ लाख ४६ हजार ७४ रूपैयाँ ८२ पैसा खर्च गरेको छ । जुन खर्च ३४.०९ प्रतिशत हो ।

Blog Post Ad

पुँजीगततर्फ ९१ करोड ७ लाख ९ हजार ५ सय रूपैयाँ बजेट रहेकोमा ७ करोड ३१ लाख ५५ हजार, ९६ रूपैया ४७ पैसा खर्च भएको छ । जुन खर्च ७.९७ प्रतिशत हो ।संघीय सरकारबाट हस्तान्तरित कार्यक्रमअन्तर्गत ७५ करोड १ लाख ८ हजार बजेट रहेकोमा पुस समान्तसम्म ३२ करोड ८२ लाख १७ हजार ९ सय ७१ रूपैयाँ ३ पैसा खर्च भएको छ । जुन ४३.७५ प्रतिशत हो । जसमा चालुतर्फ ६४ करोड ७१ लाख ८ हजार बजेटमध्ये ३२ करोड ८ लाख ३ हजार ६ सय ४८ रूपैयाँ ३ पैसा खर्च भएको छ ।

जुन खर्च ४९.५७ प्रतिशत हो । पुँजीगततर्फ १० करोड ३० लाख बजेटमध्ये ७४ लाख १४ हजार ३ सय २३ रूपैसाँ खर्च भएको छ । जुन खर्च ७.२ प्रतिशत हो । प्रदेश सरकारअन्तर्गत ६ करोड २५ लाख बजेट भएकोमा पुस मसान्तसम्म खर्च शून्य रहेको उपमहानगरपालिकाको दोस्रो चौमासिक प्रतिवेदनमा रहेको छ । चालुतर्फ ८८ लाख बजेट रहेको छ भने पुँजीगततर्फ ५ करोड ३७ लाख बजेट छ ।

Blog Post Ad Blog Post Ad