Ad Area

अपाङ्गता संगठनको प्रथम सम्मेलन


शिव घर्ती

घोराही,२७ फागुन । राष्ट्रिय अपाङ्गता संगठन नेपालको प्रथम सम्मेलन घोराहीमा सम्पन्न भएको छ ।

संगठनको सम्मेलन आयोजक कमिटीका अध्यक्ष हेमनाथ ज्ञवालीको अध्यक्षता एवं नेकपा एमाले पार्टी केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य बलराम अधिकारीको प्रमुख आथित्यता तथा पार्टी लुम्बीन प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेल र संगठनका केन्द्रिय अध्यक्ष मित्रलाल शर्माको विशिष्ठ आथित्यतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा संगठन ईचार्ज नेत्र सापकोटा, पूर्व प्रदेश सभा सदस्य युवराज अधिकारी, दाङ जिल्ला पार्टी प्रचार विभाग प्रमुख एवं प्रेस चौतारी केन्द्रिय उपाध्यक्ष सविन प्रियासन, घोराही उपमहानगरपालिका उपप्रमुख हुमा कुमारी डिसी त्यसै गरी विशिष्ठ अथितिहरु मित्रलाल शर्मा, राधाकृष्ण मैनाली, प्रमुख अथिति बलराम अधिकारी लगाएतले शुभकामना व्यक्त गर्दै अपानता भएका व्यक्तिरुको हक अधिकारको लागि अपाङ्गता भएका व्यक्तिहरुले सक्रिया राजनिति गर्नु पर्ने बताएका थिए ।

कार्यक्रममा संगठन सचिव सावित्रा घिमिरेले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संगठन सदस्य शिव घर्ति मगरको स्वागत मनतव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव कमल प्रसाद ढुंगानाले सहजीकरण गर्नु भएको थियो ।

दाङको घोराहीमा सम्पन्न भएको प्रथम सम्मेलनले ३१ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ जसको अध्यक्ष हेमनाथ ज्ञवाली, उपाध्यक्ष फर्सुराम पाण्डे, महिला उपाध्यक्ष भविसरा घर्ती, सचिव कमल प्रसाद ढुंगाना, कोषाध्यक्ष शिव घर्ति मगर, सहसचिव शिला घिमिरे, सदस्यहरु कमला परियार, सुशिला भण्डारी पन्त, पद बहादुर चन्द, मूना नेपाल, होम कुमारी कंडेल, विष्णु प्रसाद भट्टराई, टेक बहादुर राना, दयाराम चौधरी, संदिप भटटराइ, मनोज पंगेनी, पवन आचार्य, नोखीराम डाँगी, अविना पन्थी रहेकाछन् । भने बाँकी सदस्यहरु मनोनित गर्ने जनाइएको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad