Ad Area

बजार बढाउँदै रानी केक


दाङ, १ चैत । जन्मदिन होस् वा वैवाहिक वर्षगाँठ, बेबी सावरसँगै कुनै नयाँ व्यवसायको सुरुवातका साथै संघसस्थाहरूको वार्षिकोत्सवको अवसरमा केक काटेर खुसी साट्ने प्रचलन बढ्दै गएको छ । केक काटेर खुसियाली मनाउनेमा बालबालिकासँगै बृद्धबद्धाहरू समेत सहभागी हुने र खुसी साटासाट गर्ने संस्कार पछिल्लो समयमा विकास हुँदै गएको छ । जसले गर्दा बजारमा केक उत्पादन गर्ने घरेलु उद्योगहरू समेत बढ्दै गएका छन् ।

राम्रो व्यवसाय गरिरहेका व्यवसायीले आफ्नो व्यवसायलाई एक सहरपछि अर्काे सहरमा समेत बढाउँदै लगेका छन् । यसै सन्दर्भमा करिब दुई वर्ष अघि २०७७ साल फागुन २६ गते तुलसीपरमा सञ्चालनमा आएको रानी केकले बजार बढाउँदै मंगलवारदेखि घोराहीमा आफ्नो शाखा सञ्चालनमा ल्याएको हो । घोराहीको मुख्यरोडअन्तर्गत् सहिदगेटदेखि पूर्वतिर होटेल डोको नजिकै रानीकेकको शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।
घोराही शाखाको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले रिबनसँगै केक काटेर शाखाको शुभारम्भ गरेका थिए । जन्मदिन, विवाह, वैवाहिक वर्षगाँठ, वार्षिकोत्सवसँगै कुनै नयाँ कार्यको सुरुवात गर्दा केक काटेर खुसी साट्ने प्रचलन बढेसँगै केकको व्यवसाय समेत बढ्दै गएको व्यवसायी बताउँछन् ।

व्यवसायको वृद्धिसँगै ग्राहकको मागअनुसार व्यवसायलाई बढाउने क्रममा घोराहीमा शाखा कार्यालय सञ्चालन गरेको रानी केकका सञ्चालक दीपक काफ्लेले जानकारी दिएका छन् । सञ्चालक काफ्लेकाअनुसार करिब साढे १७ लाखको लगानीमा घोराहीमा शाखा कार्यालय सञ्चालनमा ल्याएका हुन् ।

‘व्यवसायलाई बढाउँदै जाने क्रममा घोराहीमा शाखा सञ्चालनमा ल्याएका छौँ’, सञ्चालक काफ्लेले भने, ‘आशा छ, घोराहीमा सबैले रानीकेकलाई साथ दिनुहुने छ ।’ मिठाईको विकल्पका रूपमा पछिल्लो समयमा केकको प्रयोग बढेको र ग्राहकको चाहनाअनुसार विभिन्न साइजका केकहरू उत्पादन हुने गरेकाले नयाँ ठाउँमा सबैको साथ प्राप्त गर्ने उनी बताउँछन् ।

सञ्चालक काफ्लेकाअनुसार घोराहीमा पाँच सयदेखि ४ हजार रूपैयाँसम्मका विभिन्न साइजमा केक उत्पादन हुनेछन् । बजारको माग र ग्राहकको चाहनाअनुसार घोराही बजारमा होम डेलिभरीसँगै १५ वर्षमनिका अनाथ बालबालिका, रातो कार्डवाला अपाङ्गता भएका व्यक्तिहरू, ८० वर्षमाथिका ज्येष्ठ नागरिकसँगै नयाँ व्यवसाय सुरुवात गर्ने उद्यमीहरूलाई प्रोत्साहनका लागि निःशुल्क रूपमा केक दिने गरेको सञ्चालक काफ्लेले बताएका छन् ।

Blog Post Ad

‘नयाँ व्यवसायीलाई व्यावसायिक यात्रा सफलताको शुभकामना सहित हौसला प्रदानका लागि निःशुल्क केक उपहार दिने गरेका छौँ’, उनले भने, ‘साथै अनाथ, अशक्त ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरूलाई सामाजिक उत्तरदायित्व सम्झेर निःशुल्क रूपमा केक उपलब्ध गराउने हाम्रो योजना हो ।’ साथै उनले ग्राहकले एउटा केक किनेर लैजाँदा पसलबाट लोयल्टी कुपन दिने र ग्राहकले दशवटा कुपन जम्मा गरेमा सात सयको एउटा केक निःशुल्क दिने समेत बताएका छन् । वैदेशिक रोजगारीका क्रममा विदेशमा समेत बसेको भन्दै उनले नेपालका एक सय सहरमा एक हजार जनालाई रोजगारी दिने सोचका साथ अघि बढेको उनी बताउँछन् ।

‘व्यवसाय सुरुवातको अकोे महत्वपूर्ण उद्देश्य भनेको आपूmसँगै युवाहरूलाई उद्यममा जोड्ने पनि हो’, सञ्चालक काफ्लेले भने, ‘त्यसअनुसार दुई वर्षको अवधिमा तुलसीपुरबाट घोराहीसम्म आएका छौँ । हामीले एक सय सहरमा एक हजारलाई रोजगारी दिने उद्देश्य छ ।’ अहिले तुलसीपुरमा ८ जना र घोराहीमा ६ जनालाई रानीकेकले रोजगारी प्रदान गरेको छ । तुलसीपुरबाट दैनिक ४० देखि ४५ पिससम्म केक विक्री हुने गरेको काफ्लेले बताए ।

Blog Post Ad Blog Post Ad