Ad Area

अम्बिकेश्वरी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका खड्का


घोराही,३० फागुन । घोराहीमा रहेको अम्बिकेश्वरी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को सभापतिमा नेपाल विद्यार्थी संघका रणबहादुर खड्का निर्विरोध चयन भएका छन् ।

विद्यार्थी संघसंगठनहरुको सहमति अनुसार अम्विकेश्वरी क्याम्पसमा नेविसंघका नेता खड्काको नेतृत्वमा स्ववियुको कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । उपसभापतिमा अखिल क्रान्तिकारीका बिकास लम्साल,सचिवमा अखिल क्रान्तिकारी (बिप्लव) का हिमाल वली, कोषाध्यक्षमा अनेरास्ववियुका राजन घर्तीमगर चयन भएका छन् ।

स्ववियु सदस्यहरुमा नेविसंघबाट प्रज्ञा लामिछाने र जीवन डाँगी, प्रजातान्त्रिक विद्यार्थी संगठनबाट सुवास कँवर र मनिष पौडेल, अनेरास्ववियुबाट बिनोद चौधरी र सिवा रावत, अखिल क्रान्तिकारीबाट सञ्जय केसी र प्रेम रेउले, अखिल क्रान्तिकारी बिप्लवका गौरब बस्नेत चयन भएका छन् ।

Blog Post Ad Blog Post Ad