Ad Area

गाउँसम्म सेवा विस्तार गर्दै डिसहोम फाइवर नेट


दाङ, ३ चैत । दाङको घोराहीबाट सेवा दिन थालेको डिसहोम सिम–टिभी फाइवर नेटले जिल्लाका सबै क्षेत्रमा सेवा विस्तार गर्ने भएको छ । ग्रामीण क्षेत्रसम्म शुलभ र गुणस्तरीय सेवा प्रदान गर्नका लागि सेवा विस्तार गरिने बताइएको छ ।

घोराहीमा रहेको नमुना स्टेलाइट सर्भिस प्रालिले नेट सेवा प्रदान गर्दै आएको छ । प्रालिले करिब डेढवर्षदेखि जिल्लामा डिसहोम सिम–टिभी फाइवर नेट सुरु गरेको हो । सुरुका दिनमा घोराही क्षेत्रमा यस प्रकारको सेवा सुरु गरिएको नमुना स्याटलाइट सर्भिस प्रालिका प्रबन्ध निर्देशक राजभक्त रानाले बताए । अहिले तुलसीपुर क्षेत्रमा पनि सेवा दिइरहेको उनले बताए

। ‘घोराही र तुलसीपुरका सहरी तथा ग्रामीण स्तरसम्म दाङमा डिसहोम सिम–टिभी फाइवर नेट सुरु गरिएको छ’, उनले भने, ‘पछि विस्तारै जिल्लाका अन्य स्थानसम्म पु¥याउने काम हुनेछ ।’ अब नारायणपुर, लमही, भालुवाङमा सुरु गरिने भएको छ । जिल्लाका सबै ग्रामीण क्षेत्रसँगै साविक राप्ती अञ्चलमा सेवा विस्तार गर्ने आफूहरूको योजना रहेको प्रबन्धक राना बताउँछन् । सेवा सुरु भएसँगै अहिले ग्राहकले नेट जडान गर्न समेत सुरु गरिसकेका छन् ।

अहिले ६ हजार बढी ग्राहकले सेवा लिइरहेको उनको भनाइ रहेको छ । ग्राहकलाई सस्तोमा गणुस्तरीय नेट सेवा प्रदान गर्न लागिपरेको राना बताउँछन् । ‘डिसहोम सिम–टिभी फाइवर नेट अरुभन्दा फरक पाउनुहुनेछ’, रानाले भने । डिसहोम सिम–टिभी फाइवर नेट न्यूनतम ५ सय ६५ रूपैयाँदेखि सुरु रहेको उनको भनाइ छ । ५० एमबिपिएसदेखि ६ सय एमबिपिएससम्मको प्याकेज रहेको छ । ‘सस्तोे मूल्यमा तीव्र गतिमा इन्टरनेट सेवा प्रदान गर्नेछौँ’, उनले भने । डिसहोम सिम–टिभी फाइवर नेट जडान गर्ने ग्राहकले टिभी हेर्न निःशुल्क पाउने प्रबन्ध निर्देशक राना बताउँछन् ।

ग्राहकलाई नेटमा आउने समस्या समाधान गर्न विशेष ध्यान दिइएको छ । ‘हामीले सर्भिस सेवालाई छिटो–छरितो प्रदान गर्नेछौँ’, उनले भने, ‘त्यसका लागि दक्ष जनशक्ति तथा प्रविधिको समेत प्रयोग गरिनेछ ।’ सेवाका लागि पछिल्ला प्रविधिको प्रयोग गरिएको प्रालिले दाबी गरेको छ । नमुना स्टेलाइट सर्भिस प्रालिले विगत १२ वर्षदेखि डिसहोमको सेवा साविक राप्ती अञ्चलभरि सेवा दिँदै आएको छ । केही वर्ष अघिदेखि सिम–टिभीको सेवा दिँदै आएको थियो । अहिले नेट सेवा सुरु गरेको हो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad