Ad Area

बक्सिङ्गमा अल्फालाई एक स्वर्णसहित चार पदक


दाङ,४ चैत । बाग्मती प्रदेशको राजधानी हेटौडामा भएको अल नेपाल नोभिस बक्सिङ्ग प्रतियोगिता–२०७९ मा दाङको अल्फा स्पोर्टस सेन्टर घोराहीले एक स्वर्ण पदकसहित चार पदक जितेको छ । प्रतियोगितामा सहभागी खेलाडीले एक स्वर्णसहित दुई रजत र एक काश्य गरी चार पदक जितेका हुन ।

प्रतियोगितामा ४८ केजी तौल समुहमा विशेष बुढामगरले स्वर्ण पदक प्राप्त जितेका छन् । त्यसैगरी ५४ केजी तौल समुहमा जीवन महरा र ७५ केजी तौल समुहमा दर्शक घर्तीमगरले रजत र ७५ केजी तौल समूहमा पुष्पगुराँश वलीले काश्य पदक जित्न सफल भएको अल्फा स्पोर्टस सेन्टरका प्रशिक्षक समिर सिद्धिकीले जानकारी दिएका छन् । बिजेता खेलाडीहरुले पदकसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रशिक्षक सिद्धिकीका अनुसार बाग्मती प्रदेश खेलकुद समितिको आयोजनामा भएको प्रतियोगितामा दाङको अल्फा स्पोर्टस सेन्टरबाट आठ जना बक्सिङ्ग खेलाडीहरु सहभागी भएका थिए । उक्त प्रतियोगितामा अल्फा स्पोर्टस सेन्टरले अनुशासित टिमको पुरस्कार समेत प्राप्त गरेको प्रशिक्षक कृष्टिना खातीले जानकारी दिएकी छिन ।

प्रतियोगिता फागुनको ३० गतेदेखि चैतको ४ गतेसम्म चलेको थियो । बिजेता खेलाडीहरुले हेटौडा उपमहानगरपालिका नगर प्रमुख मिना लामाले पुरस्कार प्रदान गरेकी थिइन । प्रतियोगितामा देशभरका खेलाडीहरुको सहभागिता रहेको थियो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad