Ad Area

दाङ महिला जेसीजद्वारा गाउँ केन्द्रित महिला हिंसा विरुद्धको अभिमुखीकरण


घोराही, ४ चैत । दाङ महिला जेसीजले हिंसारहित समाज निर्माणका लागि गाउँ केन्द्रित महिला हिंसा विरुद्धको सचेतनामुलक अभिमुखीकरण शुरु गरेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १ को आर्थिक सहयोगमा शनिबारबाट वडा नम्बर १ का महिलाहरुका लागि हिंसा विरुद्धको सचेतनामूलक दुई दिने कार्यक्रम शुरु गरेको हो ।

जेसीजकी अध्यक्ष नारायणी भण्डारीको अध्यक्षता तथा वडा नम्बर १ का अध्यक्ष एवम् नगरप्रवक्ता राममणि पाण्डेको प्रमुख आतिथ्यमा शुरु भएको सचेतनामूलक अभिभमुखीकरणमा हिंसाका कारण र कानूनी पक्षका बारेमा सहभागी महिलाहरुलाई जानकारी गराउने काम भईरहेको छ ।

हिंसारहित समाज बनाउने स्थानीय सरकारको परिकल्पनालाई साकार बनाउन दाङ महिला जेसीजले सूचना र ज्ञानको पहुँचमा पुग्न नसकेका महिलाहरुलाई एकै थलोमा राखेर हिंसा विरुद्धको आवाज उठाउन सक्ने गरी गर्न थालिएको सचेतनामूलक अभिमुखीकरण फलदायी हुने नगर प्रवक्ता पाण्डेले विश्वास व्यक्त गर्नुभयो ।

भौतिक विकासले मात्रै समृद्धि सम्भव नहुने बताउँदै उहाँले नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउने खालका कार्यक्रम स्थानीय सरकारको प्राथमिकतामा रहेको बताउनुभयो ।

कार्यक्रममा वडा सदस्य कमला परियारले समाजमा विभिन्न बहानामा महिला माथि हिंसा भईरहेको हुँदा सचेतना र जागरण ल्याउन यस प्रकारका कार्यक्रम दूरदराजका नागरिकहरुका लागि निरन्तर आवश्यक रहेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि मानसिक, सामाजिक विकासमा सरोकार सबैले आआफ्नो ठाउँबाट भुमिका खेल्न सकेमा हिंसारहित अपराधमुक्त समाज बनाउन सहज हुने बताउनुभयो ।

आईतबारसम्म संचालन हुने अभिमुखीकरणमा वडा नम्बर १ का ४० जना महिलाहरुको सहभागीता रहेको छ । जसको प्रशिक्षकमा दाङ महिला जैसीजका पूर्वअध्यक्षद्वय सुशीला पौडेल र विन्दु गिरी रहनुभएको छ । अभिमुखीकरण हुनुअघि जेसीज आस्थापाठ कोषवृद्धि सभापति आरधना सिंहले गराउनुभएको थियो ।

Blog Post Ad

कार्यक्रम संयोजक संगीता रोकायको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण महासचिव अर्चना शर्माले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad