Ad Area

कांग्रेस बंगलाचुलीले प्रशिक्षण कार्यक्रम चलाउने, नेविसंघको संयोजकमा भण्डारी


दाङ, ४ चैत । नेपाल विद्यार्थी संघ बंगलाचुली गाउँपालिकाको संयोजकको जिम्मेवारी भरतजोन भण्डारीले प्राप्त गरेका छन् । नेपाली कांग्रेस बंगलाचुली गाउँपालिका कार्यसम्पादन समितिको शनिवार वडा नं. ८ को रानीबासमा बसेको घुम्ती बैठकले भण्डारीलाई संयोजकको जिम्मेवारी दिएको हो ।

नेपाली कांग्रेस बंगलाचुली गाउँपालिका सभापति जागेश्वर अधिकारीको सभापतित्व तथा जेष्ठ नागरिक एव क्षेत्रीय प्रतिनिधि सुरेन्द्र लम्सालको प्रमुख आतिथ्यतामा बसेको घुम्ती बैठकले भातृ संघका रुपमा रहेको दलित संघको यहीँ १६ गतेसम्म अधिबेशन गर्ने निर्णय गरेको सचिव बलदेव मल्लले जानकारी दिएका छन् । त्यसैगरी अन्य भातृ संगठनहरुलाई २५ गतेभित्र अधिबेसन गर्न समेत आग्रह गरेको छ ।

बैंठकले नेपाली कांग्रेस क्षेत्र नं. २ (क)को प्रत्येक वडामा प्रशिक्षक कार्यक्रम चलाउने निर्णय अनुसार बंगलाचुली गाउँपालिका अन्तरर्गत साविकका गाविसहरुलाई आधार मानेर प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । जस अनुसार स्युजामा ६,७ र ८ गते, लोहारपानीको सम्पर्क कार्यालयमा ९,१० र ११ गते, काभ्रेको पार्टी कार्यालयमा १२, १३ र १४ गते र हाँसीपुरको गोठीवनमा १६, १७ र १८ गते प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको छ ।

त्यसैगरी बैठकले बंगलाचुली गाउँपालिकामा करिव एक बर्षदेखि संचालनमा आउन नसकेको प्रधानमन्त्री स्वरोजगार कार्यक्रमलाई संचालनमा ल्याउन समेत आग्रह गरेको छ । साथै गाउँपालिकामा कार्यरत कर्मचारीहरु घोराहीमा बस्ने र आउन जान सरकारी गाडी प्रयोग गर्दा लाखौ रुपैयाको इन्धन खर्च हुने गरेको जनगुनासो आएकाले त्यस विषयसँगै अन्य विभिन्न विषयहरुलाई समेटेर गाउँपालिकामा ज्ञापनपत्र बुझाउने समेत निर्णय गरेको सचिव मल्लले जानकारी दिएका छन् ।