Ad Area

जनता क्याम्पस गढवाको स्ववियु सभापतिमा यावद बिजयी


घोराही, ५ चैत । देउखुरीको गढवामा रहेको जनता बहुमुखी क्याम्पसमा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुका इवराज यादव बिजयी हुनुभएको छ । प्रत्यक्षतर्फ निर्वाचनमा खसेको एक सय १३ मतमध्ये ६३ मत प्राप्त गरेर यावद बिजयी हुनुभएको हो ।

स्ववियु सभापतिमा अखिल (क्रान्तिकारी)का गोविन्दप्रसाद यादव ४१ मत र अखिल (क्रान्तिकारी) बैद्यका बिशाल यादवले चार मत प्राप्त गरेर पराजित हुनुभएको छ । त्यसैगरी सचिवमा समाजवादी निकट अनेरास्ववियुकै पुष्पा खड्का ७० मत प्राप्त गरेर बिजयी हुनुभएको निर्वाचन अधिकृत ठाकुर खनालले जानकारी दिनुभएको छ ।

सचिवमा अखिल छैठौका पुष्पा धिताल ३८ मत प्राप्त गरेर पराजित हुनुभयो । कोषाध्यक्षमा अखिल क्रान्तिकारीका ओमप्रकाश यादव बिजयी हुनुभएको छ भने नेविसंघका सुदीप बुढाथोकी पराजित हुनुभएको छ । बिजयी यादवले ७९ मत प्राप्त गर्दा पराजित बुढाथोकीले ३१ मत मात्रै प्राप्त गनुभएको निर्वाचनअधिकृत खनालले जानकारी दिनुभयो ।

सदस्यमा नेविसंघबाट टिका चौधरी, यमुना सुवेदी र अखिल छैठौबाट मनिषा उपाध्याय बिजयी हुनुभएको निर्वाचन अधिकृत खनालले जानकारी दिनुभएको छ । जनता बहुमुखी क्याम्पस गढवामा १ सय ७९ मतदाता रहेकोमा १ सय १३ मत खसेको थियो ।