दुर्घटनामा श्रीमानको मृत्यु, आमाछोरी गम्भीर घाइते

घोराही, ५ चैत ।
घोराही उपमहानगरपालिका ३ स्थित कुइरेपानीमा मिनि ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमानको मृत्यु भएको छ । श्रीमति र छोरी घाइते छन् ।
प्युठान नौ बहिनी गाउँपालिकाका ३२ बर्षका राजन केसीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । उनकी २६ बर्षकी श्रीमति सन्ध्या केसीको खुट्टामा र उनकी दुई बर्षकी छोरी राष्ट्रियता केसीको शरिरको भित्रि भागमा चोट लागेको छ । उनीहरुको अवस्था गम्भीर भएको जिल्ला प्रहरी कार्यालय दाङ बताउछ ।
आइतवार साझ ६ बजे घोराही देखि लमही जादै गरेको प्रदेश ०३–००१ क. ०१६९ नं. को मिनि ट्रकले लमही बाट आउदै गरेको बागमती प्रदेश ०२–०१६ प. ३६५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्रक चालकलाई पक्राउ गरी अनुसन्धान भैरहेको छ ।