Ad Area

घोराही सांस्कृतिक कार्यक्रम, अभिनेता पलसँगै प्रमोद र पशुपति आउने


घोराही, ७ चैत । यही चैत ९ गतेदेखि घोराहीमा हुने तीन दिने बृहत सांस्कृतिक कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका नायक पल शाहसँगै अन्य चर्चीत कलाकारहरुको प्रस्तुती रहने भएको छ ।

डि टेन नेपाल ईन्टरटेनमेन्ट मिडिया प्रा.लिको आयोजनामा हुने ‘घोराही बृहत सांस्कृतिक कार्यक्रम–२०७९ मा नायक पल शाहसँगै नेपाली सांगितिक क्षेत्रका चर्चित एवं लोकप्रिय गायक प्रमोद खरेल, नेपाली लोकदोहोरी क्षेत्रका चर्र्चित गायक पशुपति शर्मालगायतका ख्यातीप्राप्त कलाकारहरुको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।

अनाथ आश्रमकोलागी सहयोगार्थ चैत ९ देखि ११ गतेसम्म घोराही उपमहानगरपालिका १४ झिँगौरामा हुने सांस्कृतिक कार्यक्रममा नायक पल शाह, गायक प्रमोद खरेल, गायक पशुपति शर्मा, गायक चन्द्र शर्मा, गायिका सिर्जना खत्री ‘हाउडेमाया’, गायक उर्गेन डोङ, गायक एम.टी महर, मोडलहरु करिष्मा ढकाल, रुविना अधिकारी, टिका जैशी, आरुषीमगरलगायत दंगाली कलाकारहरुको प्रस्तुती रहने कार्यक्रमका सांस्कृतिक संयोजक कमल बिष्टले जानकारी दिएका छन् ।