Ad Area

मानब धर्म सेवा समितिमा आध्यात्म कक्षा सञ्चालन हुने


तुलसीपुर, ६ चैत । तुलसीपुर ६ रजौरामा रहेको मानब धर्म सेवा समितिमा तीन दिनको ज्ञान बिज्ञान सम्बन्धी आध्यात्म कक्षा सञ्चालन हुने भएको छ । नेपाल मानब धर्म सेवा समितिले चैत ७ गतेदेखि चैत ९ गतेसम्म तुलसीपुर ६ रजौरामा रहेको आश्रमस्थलमै कक्षा सञ्चालन हुने जनाएको हो ।

अध्यात्म कक्षाका लागि नेपाल मानब धर्म सेवा समितिका बरिष्ठ सल्लाहकार डा जेपी अग्रवाल र नेपाल मानब धर्म सेवा समितिका युवा संयोजक उत्तम गिरीको सहभागीता रहने माहात्मा चादना बाइजीले जानकारी दिनुभएको छ । डा जेपी अग्रवालले ज्ञान बिज्ञानका बिषयमा कक्षा सञ्चालन गर्ने कार्यक्रम रहेको छ भने उत्तम गिरीले युवाको बिषयमा कक्षा सञ्चालन गर्ने कार्यक्रम रहेको छ ।

उक्त कार्यक्रममा सहभागी हुन नेपाल मानब धर्म सेवा समिति दाङले सबैमा आग्रह गरेको छ । समितिका दाङ शाखा अध्यक्ष हेमराज भण्डारी र सचिब चन्द्रबहादुर वलीले सयुक्त रुपमा बिज्ञप्ती जारी गरेर जिल्लामा क्रियासिल राजनीतिक दल, समाजसेबी, बुद्धिजीबि, स्थानीय जनप्रतिनीधिलाई सहभागी हुन आग्रह गर्नुभएको छ । साथै कार्यक्रममा महात्मा चादना बाइजी र चन्द्रकान्ता बाइजीको समेत सहभागीता रहने समितिले जनाएको छ ।

Blog Post Ad Blog Post Ad