Ad Area

दीर्घरोगीलाई उपचार खर्च : मिर्गौला पीडित खुशी


दाङ,४ असोज । बजेटमा मिर्गौला दीर्घरोगीलाई मासिक उपचार खर्च व्यवस्था गरेका अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ लाई मिर्गौला पीडित सरोकार समाजले धन्यवाद दिएको छ ।
बिहीबार अर्थ मन्त्रालयमा पुगेर समाजका केन्द्रीय अध्यक्ष बलराम सुवेदीसहितको टोलीले धन्यवाद दिएको हो ।

अर्थमन्त्री शर्मालाई ९६ वर्षीया गंगा देवी पौडेल र समाजका अध्यक्ष सुवेदीले धन्यवाद पत्र प्रदान गरे । पौडेलकी ५९ वर्षीया छोरी मिर्गौला पीडित छिन् । उनको डायलासिस भइरहेको छ ।
‘दीर्घरोगी, मिर्गौला डायलासिस, मिर्गौला प्रत्यारोपी, क्यान्सर र स्पाइनल इन्ज्युरी भएका, प्यारालाइसिसका बिरामीहरूलाई मासिक भत्ता ५ हजार रुपैयाँ दिने व्यवस्था गर्नु भएकोमा सम्पूर्ण दीर्घरोगीको तर्फबाट एकमुष्ठ बधाई, धन्यवाद तथा सफल कार्यकालको शुभकामना दिन चाहन्छौँ’, धन्यवाद पत्रमा लेखिएको छ ।

Blog Post Ad Blog Post Ad