Ad Area

१४ रोहिंग्या शरणार्थी नेपाल ओसार्ने तीन पक्राउ


काठमाडौँ,४ असोज प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बंगालादेशमा शरणार्थी जीवन बिताइरहेका म्यानमारका रोहिंग्या शरणार्थीहरुलाई अमेरिका लैजाने भन्दै नेपाल ल्याएर मानव तस्करी गर्ने तीनजनालाई पक्राउ गरेको छ ।

नेपाल हुँदै अमेरिका जान पाइन्छ भनेर दलालले बंगलादेशबाट काठमाडौं ल्याएका रोहिंग्या शरणार्थी महिला तथा बालबालिका गत शनिबार काठमाडौंको कपनस्थित प्रहरी कार्यालयको नियन्त्रणमा ।

ब्युरोले कपनस्थित राममन्दिर छेउ बस्ने सकिफ आलम र डल्लु बस्ने अजमत उल्लाहलाई शनिबार र कपनस्थित राम मन्दिर छेउ बस्ने नोरुल अमिनलाई सोमबार पक्राउ गरेको हो । उनीहरुले २ परिवारका १४ जना रोहिंग्या शरणार्थीलाई नेपाल भित्र्याइसकेका अनुसन्धानबाट देखिएको छ ।

ब्युरोको अनुसार उनीहरुले रोहिंग्या शरणार्थीहरुलाई नेपालबाट अमेरिका लगायतका युरोपेली देश जान सकिने भन्दै नेपाल ल्याउने काममा संग्लन थिए ।

उनीहरुले नेपाल पुगेपछि अमेरिका जाने परिचचय पत्र पाइने सौ पुरुषलाई मासिक ५ हजार ७ सय ५०, महिलालाई ३ हजार ७ सय ५० र बाबालबालिकालाई २ हजार ७ सय ५० रुपैयाँ भत्ता पनि पाइने जस्ता प्रलोभन देखाएर शरणार्थीहरु ओसारररहेका थिए ।

ब्युरोका अनुसार उीहरुले बंगालादेशको ढाकादेखि भारतको बाटो हुँदै नेपालसम्म मानव तस्करी गर्दा प्रतिव्यक्ती झण्डै साढे तीन लाख रुपैयाँ लिइरहेका थिए । पक्राउ परेका तीनै जना काठमाडौंमा विभिन्न पेशाकर्मीको आवरणमा मानव तस्करीको काममा संग्लन भइरहेको ब्युरोको अनुसन्धनले देखाएको छ ।

ब्युरोको प्रवक्ता श्याम कुमार महतोले पक्राउ परेका तीनैजनालाई थप अनुसन्धानका लागि प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोमा पठाइएको छ ।