Ad Area

दस दलीय गठबन्धन पाँच वर्ष टिकाएर देखाउन महासचिव पोख्रेलको


घोराही, ९ चैत । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले १० दलीय गठबन्धनको सरकारको भविष्य स्पष्ट नरहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल दाङ शाखाले बिहीबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोख्रेलले राजनीतिक स्थायित्व र विकासका लागि दलहरुको निहित स्वार्थ जनताको हित विपरीत रहेको टिप्पणी गर्नुभयो ।
जति धेरै दलहरुको गठबन्धन उति धेरै अस्थिरता हुने विगतको अभ्यासले पुष्टि गरेको हुँदा राष्ट्र बनाउने सवालमा सरकारमा सामेल दलहरु बिच देश बनाउने मुद्दा पहिलो प्राथमिकता हुन सक्नुपर्नेमा जोड दिनुभयो ।

प्रेस चौतारी दाङ शाखा अध्यक्ष इन्द्र डिसीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा उहाँले नेकपा एमाले बलियो प्रतिपक्षीका रुपमा उभिएकाले पार्टी संगठन बलियो बनाउन र जनताका मुद्दा उठान गर्ने अवसरमा रुपमा लिएको बताउँदै देशमा स्थायित्व र विकासका लागि पाँच वर्ष नै सरकार चलाउने गरि अघि बढ्न सत्तारुढ दललाई अपिल गर्नुभयो ।

अस्थिरताले कोही कसैको भलो नगर्ने हुँदा गहिरिँदो आर्थिक संकट समाधान गर्दै बलियो राष्ट्र बनाउन अबको दस दलीय गठबन्धन केन्द्रित हुनुपर्ने जिकिर गर्नुभयो ।
फरक स्वार्थ र मुद्दा बोकेका दलहरु आफ्नो स्वार्थ भन्दा माथि उठेर देश बनाउन नलागे मध्यावधि निर्वाचन हुन सक्ने तर्फ संकेत गर्दै आफ्ना कमजोरी सुधार्दै पाँच वर्ष स्थिर सरकार चलाउन सचेत गराउनुभयो ।
पछिल्लो समय बढ्दो राजनीतिक अराजकता र स्थिरता, सांस्कृतिक , धार्मिक क्षेत्रमा बढ्दो हस्तक्षेप तथा विभिन्न वाह्य शक्तिको हस्तक्षेपले मुलुकको राष्ट्रियता, सार्वभौमिकता र स्थायित्व कमजोर बनाउने खेल अहिलेको सत्ता साझेदार दलहरुबाट भईरहेकाले आम नागरिकले बलियो खबरदारी गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले नेकपा एमाले सरकार गिराउने खेलमा नलाग्ने बताउँदै पार्टी संगठन थप बलियो बनाउन र बलियो राष्ट्रिय शक्तिका रुपमा उभ्याउन केन्द्रित हुने भनाई राख्नुभयो ।

Blog Post Ad Blog Post Ad