Ad Area

त्रिसिद्देश्वरी यातायातमा विद्युतिय गाडी


तुलसीपुर,१० चैत ।त्रिसिद्देश्वरी राप्ती यातायात सेवा प्रालि दाङले विद्युतिय गाडी पनि सञ्चालनमा ल्याएको छ । शुक्रबार देखि विद्युतिय गाडीले सेवा दिन थालेको प्रालिका अध्यक्ष शुरेस हमालले बताए । पहिलो चरणमा तुलसीपुर–देखि नेपालगञ्जसम्म सेवा प्रदान गर्ने छ । अहिले एउटा गाडीले मात्रै सेवा दिने भएपनि केही समयपछि अन्य गाडी थप गर्ने तयारी रहेको छ ।

१३ जना यात्रु क्षमता भएको उक्त गाडी वातावरणमैत्री रहेको छ । उक्त गाडीको भाडा पाँच सय रुपैया तय गरिएको छ । प्रालिमा पहिलो पटक विद्युतिय गाडी सञ्चालनमा ल्याएको हो । उक्त गाडी तुलसीपुरबाट विहान ९ः५०मा नेपालगञ्ज छुट्नेछ भने दिउसो ३ बजे नेपालगञ्जबाट फर्किनेछ । धुवामुक्त र इन्धन बचन हुने भएपछि उक्त गाडी सञ्चालनमा ल्याएको गाडी धनी विमल पौडेलले बताए ।

इन्धन विदेशबाट आउने तर, विद्युत आफ्नै देशमा उत्पादन हुने भएकाले नेपाली पैसा नेपालमै सदुपयोग हुने भएकाले यस्तो गाडी भित्र्याएको बताए ।

Blog Post Ad Blog Post Ad