Ad Area

बाह्र स्रष्टा एक ठाउँ


स्टेजमा जाना साथ असी बर्ष उमेरका बृद्ध अवस्थाका व्यक्ति खोज्दै भने

सिमली छायाँ बसी भरिया लामो सास फेरेको
उमेर भैसक्यौ असी झन् ठुला दुखले घेरेको –२

असी बर्ष भन्दा बढी उमेरका ३ जना व्यक्ति स्टेजमा चढे । उनीहरुको परिचय माग्दै भने बृद्ध अवस्थाका व्यक्तिहरुलाई सम्मान गर्नुपर्छ । जसको घरमा बृद्ध अवस्थाका व्यक्तिहरुको सम्मान हुन्छ, त्यहाँ प्रगती हुन्छ । जुन घरमा हुदैन् त्यो घर उधो गती तिर जान्छ । उनी नेपालका सबै जसो ठाउँमा पुगेको छन् । रोल्पाको थवाङ, जलजला जस्ता धेरै विकट बस्ती उनका बासस्थान भएका छन् । ती भन्दा अप्ठ्यरा ठाउँहरुमा डुलेका छन्, घुमेका छन् । दुख, पीडा देखेका छन् । हिड्दा उनले दुख भोगेका छन् । सामान्य र सरल जीवन विताइरहेका जीवन शर्मा अरुले भोगेको जीवन भित्र डुव्छन्, र गित गाउँछन् । संगितकै माध्यमबाट परिवर्तन खोज्ने जीवनले जे देख्छन्,उही लेख्छन् र गाउँछन् ।

बृद्धअवस्थाका मानिसको जीवनभित्र पस्दै उनी गित बनाउछन्, गाउँछन्

छोराछोरी पालेटाले यही भारीको भरमा
जीवनभर कहिलै पनि सुध्रिएन कर्म
बैशाखको धुपमा सुख पाइन मैले
साउनको बाढी पहिरो भन्न पाइन मैले ।

सिमली छायाँमा गित उनका चर्चित गितहरु मध्यको एक हो । शुक्रवार घोराहीमा आयोजित राष्ट्रका लागि सङ्गित अभियात्रा जनसाङ्गीतिक प्रस्तुतीमा उनले सबै थरीका गित गाए । राष्ट्रिय गित, मधेसी पहाडी हिमालका हिमाली, फाक्ल्याण्डको तापु, रातो लालटिन गित गाउँदा दर्शक हाँैसिए ।

Blog Post Ad

कार्यक्रममा मणि थापा, कर्ण बिद्रोही, लक्ष्मण पाख्रिन, मोहित श्रेष्ठ, कुस्मिता दर्लामी, उदय रिजाल, निलिमा पुन, उदय श्रेष्ठ, चिरण सी, प्रगती महराले गित गाए ।

जीवन शर्माको गित
सानो सानो बुकुरो पहाडको छेउमा मेरो घर
त्यहीनी साहुले खाइदियो अव मलाई झनै के को डर ।

गितमा नारायण शर्माले अभिनय गरे । घोराही १४ स्थित बहुउद्देश्यीय सभागृहमा भएको कार्यक्रममा १ हजार बढी दर्शकको उपस्थिती थियो ।

Blog Post Ad Blog Post Ad