Ad Area

दाङको सुनकोट पर्यटनकालागि नयाँ गन्तव्य


दाङ,१२ चैत्र । दाङको सुनकोटस्थित खड्गदेवी मन्दिर पर्यटनका लागि नयाँ गन्तव्य बन्न सक्ने देखिएको छ । घोराहीउप–महानगरपालिका ५ स्थित प्रशिद्ध धार्मिकस्थल धारपानीको दक्षिण चुरे पहाडको टुप्पोमा रहेको उक्त मन्दिर प्राचिन एैतिहासिक र धार्मिक महत्वका हिसावले पर्यटनको नयाँ गन्तव्य बन्ने देखिएको हो ।

धारपानीदेखि करिव एक घण्टाको उकालो पैदल दुरीमा रहेको सुनकोटमा केही बर्षअघि मानववस्ती समेत रहेको र त्याँखड्गदेवी मन्दिर स्थापना गरिएको मन्दिरका पुजारी रुपलाल डाँगीले जानकारी दिएका छन् । तराईमा औंलो लाग्ने भएकाले मानिसहरु नजिकका कोटहरुमा गएर वस्ने गर्थे । सशस्त्र द्धन्द्धको सुरुवात हुनुभन्दा अगाडी उक्त मन्दिरमा सामुहिक पुँजा आजा हँुदै आएकोमा द्धन्द्धका कारण त्याँ रहेको मन्दिर जिर्ण भई भग्ना अवसेषमा परिणत भएको थियो ।

खड्गदेवी मन्दिरमा गरेको भाकल पुरा हुने बिश्वास रहदै आएकाले हाल सो मन्दिरको पुनःनिर्माण थालिएको छ । केही समय अघि मन्दिरको भग्ना अवशेष उत्खनन् गर्दा चाँदीका सिक्का र खुडा फेला परेको थियो । सोही आधारमा स्थानीय ढुंगाको प्रयोग गरि माटो र सिमेन्ट रहिततरिकाले मन्दिरको पुनःनिर्माण थालिएको पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समिति धारपानीका सचिव विष्णुराम अचाार्यले जानकारी दिएका छन् ।

भक्तजनहरुको निजीलगानीमानिर्माण भैरहेको मन्दिरमा अन्य भौतिक संरचना निर्माणका लागि अन्य सरोकारवालासंग समन्यव समेत भैरहेको उनको भनाई छ । सुनको विकासका लागि ३१ क्वीन्टलको घण्ट स्थापना तथा धारपानीदेखी मन्दिर सुनकोटसम्म आउनचार हजार ९ सय ६३ वटा सिढी निर्माण गरिने छ । जस अनुसार करिव दुई सय बढि सिढी निर्माण समेत भैसकेको छ । सुनकोट मन्दिरको प्रचारप्रसार तथा व्यवस्थापनका सम्वन्धमा शनिवार मन्दिर परिसरमा भेला तथा मन्दिर पुजन कार्य समेत गरिएको छ ।

खड्गदेवी मन्दिर सुनकोट व्यवस्थापन समितिका संयोजक गजेन्द्र चौधरीको अध्यक्षता तथा धारपानी मन्दिरका व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले धारपानी,सुनकोट,सरिकोट र नेत्रलालपार्कलाई एकआपसमाजोडेर सर्किटको रुपमा बिकास गर्न सकेको खण्डमा त्यसको क्षेत्रको पर्यटन क्षेत्रमा ठुलो सहयोग पुग्ने धारणा राखेका छन् । सुनकोटबाट दाङ उपत्यका,देउखुरी तथा भारतको तुलसीपुर बजार तथाउत्तरी हिमसृखला समेत स्पष्ट देखिएकाले भएकाले त्यसको क्षेत्र आन्तरिक तथावाह्य पर्यटकको रोजाईको केन्द्र बन्न सक्ने उनीहरुको धारणा थियो ।

सुनकोटमा सडक,खानेपानी,बजिुली जस्ता पूर्वाधारको बिकास गर्न सकेमा छिट्टै सुनकोटले फड्को मार्ने बक्ताहरुको बिश्वास छ । समितिका सदस्य मोहन पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बोल्ने बक्ताहरुले धारपानीदेखी मत्था(देउराली) सम्म मोटर बाटो र मत्था देउरालीदेखी सुनकोटसम्म सिढी निर्माण गरेको खण्डमा धेरै पर्यटकको रोजाई बन्न सक्ने बताएकाछन् । कार्यक्रममा समाजसेवी तिरन गौतम,विवेक श्रेष्ठ,लक्ष्मी अधिकारीलगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन धारपानी मन्दिरका प्रेस संयोजक विमल योगीले गरेका थिए ।

Blog Post Ad

यसैविचखड्गदेवीमन्दिर सुनकोटको पूर्वाधार विकासकालागिबिभिन्नव्यक्तीहरु आर्थिक सहयोग गरेका छन । जस अन्तरगत मोवाईल व्यावसायी समिति दाङका अध्यक्ष शालिकराम खनालले ५१ हजार,घोराहीकी तारा पुरीले पाँचह जार पाँच सय ५५,घोराही ६ कावडा सदस्य मोहन खड्काले पाँच हजार एक सय,धारपानी मन्दिरका लेखा तथ ाप्रशासन शाखा प्रमुख नरेश पौडेलले पाँच हजार पाँच, घोराहीकी रेखा केसीले पाँच हजार पाँच सय र घोराही ६ नम्वर वडाका कर्मचारी गंगु चौधरीले एक हजार पाँच रुपैया सहयोग गरेका छन् । यस्तै घोराही १७ का विवेक श्रेष्ठले मन्दिरको मुलद्धारा अगाडी २ वटा सिंहको मुर्ति स्थापना गर्ने घोषणा गरेका छन् ।

यसैविच शनिवार सुनकोटमा सम्पन्न भेलाले गजेन्द्र चौधरीको अध्यक्षतामा १५ सदस्सीय सुनकोट खड्गदेवी मन्दिर व्यवस्थापन तथा संरक्षण समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा बसन्ति चौधरी, सचिवमा शालिकराम खनाल, सहसचिवमा खुमबहादुर पुन, कोषाध्यक्षमा शिवराज पौडेल, सदस्यहरुमा बलिराम भुसाल, कुमारी चौधरी, विष्णु कालाथोकी, मोहनपुन, कमल अधिकारी, शम्भु चौधरी,बसन्त चौधरी,गणेश वली र रेखा केसी रहेका छन । संरक्षकमा विष्णुराम आचार्यलाई छनौट गरिएको छ ।

Blog Post Ad Blog Post Ad