Ad Area

सहकारी दिवस मनाइने


घोराही, १२ चैत । जिल्ला सहकारी संघ दाङले सहकारी दिवस मनाउने भएको छ । ‘सहकारीको दिगोपना, स्वनियमन र शुसासन’ भन्ने मुल नाराका साथ ६६ औ सहकारी दिवस मनाइने भएको हो । जिल्ला सहकारी संघले आइतवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरि दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्न थालेको जानकारी दिएको हो ।

दिवसलाइ सभ्य तथा भव्य वनाउनका लागि विभिन्न कार्यक्रम आयोजना गरिएको जिल्ला सहकारी संघका सचिव शुक्रराज भण्डारीले जानकारी दिए । हरेक वर्ष चैत २० गते देशभर सहकारी दिवस मनाउदै आएको छ । दिवसको अवसरमा चैत १६ गते नेपाल अंपाग संघ खगेन्द्र नवजिवन केन्द्र झिगौरामा खाद्यान्न सहयोग गरिने  छ ।

जसको संयोजन जिल्ला कृषि संघ लि, जिल्ला उपभोक्ता सहकारी संस्था लि, दाङ जिल्ला वहुउदेश्य सहकारी संस्था लि गर्ने भएका छन् । १७ गते रक्तदान गरिने  छ । जसको संयोजन जिल्ला वचत तथा ऋण संघ र नेफ्स्कुन फिल्ड कार्यालयले गर्ने भएका छन् । १८ गते घोराही उप महानगरपालिका भित्रका वचत तथा ऋण कारोवार गर्ने संहकारी संस्थाहरुलाई केन्द्रीत गरि अन्र्तरक्रिया गरिने छ ।

जसको संयोजन जिल्ला सहकारी संघले गर्ने  छ । १९ गते अन्तर सहकारी हाजिरी जवाफ प्रतियोगीता आयोजना गरिने  छ । जसको संयोजन राष्ट्रिय सहकारी बैक लि ले गर्ने  छ । २० गते घोराही उप महानगरपालिकामा सहकारीको बर्तमान अवस्था र चुनौती विषय अन्र्तरक्रिया कार्यक्रम आयोजना गरिने भएको सचिव भण्डारीले बताए । जसको संयोजन जिल्ला सहकारी संघ र घोराही उप महानगरपालिका सहकारी तथा रोजगार प्रवद्र्धन शाखाले गर्ने भएका छन् ।

दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा सक्रिय सहभागिताका लागि जिल्ला संघले आग्रह गरेको छ । पत्रकार सम्मेलन जिल्ला सहकारी संघका उपाध्यक्ष माधव खनालको अध्यक्षतामा भएको थियो । जिल्ला वचत संघका अध्यक्ष विमल अधिकारीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण जिल्ला संघका सचिव शुक्रराज भण्डारीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad