Ad Area

वित्तीय सेवा प्रवाहमै चुनौती


दाङ, १४ चैत । सहकारी संस्थाका नेतृत्वलाई वित्तीय साक्षरता प्रदान गर्न थालिएको छ । घोराही उपमहानगरपालिकामा रहेका सहकारी संस्थाका अध्यक्ष तथा व्यवस्थापकहरूलाई वित्तीय साक्षरतासम्बन्धी तालिम दिन लागिएको हो । तालिम सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको आयोजना तथा घोराही उपमहानगरपालिकाको समन्वयमा सुरु भएको हो ।

सहकारी संस्थाका प्रतिनिधिलाई वित्तीय साक्षरताको आधारभूत विषयवस्तुहरूको ज्ञान तथा सीप प्रदान गर्न, वित्तीय साक्षरतासम्बन्धी ज्ञान सीपहरूलाई समुदाय स्तरमा विस्तार गर्न आवश्यक योजना तयार गर्न र वित्तीय साक्षरताको माध्यमबाट वित्तीय पहुँचबाट टाढा रहेका व्यक्ति तथा घरपरिवारलाई वित्तीय सेवाहरूमा सहज पहँुच वृद्धि गर्न सम्बन्धित सरोकारवालाहरूसँग सहकार्यको वातावरण तयार गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको बताइएको छ ।

अन्य व्यावसायिक क्षेत्रहरू भने धरापमा रहेका छन् । लगानीको प्रतिफल उठाउन समेत स्थानीय सरकारलाई हम्मेहम्मे भएको छ । तालिममा वित्तीय साक्षरताको परिचय एवम् वित्तीय साक्षरताको आवश्यकता र महत्व विपन्नता र विपन्नता क्रम सम्पन्नताको खुट्किला, वित्तीय लक्ष्य निर्माण र सोको अभ्यास, बचतको परिचय, महत्व र बचतका तरिका तथा बचत योजना, वित्तीय सेवा प्रदायकको चिनारी र विशेषता र सेवाप्रदायक संस्था छनोट गर्दा ध्यान दिनुपर्ने कुराहरू ऋणको परिचय र महत्व तथा ऋणको व्यवस्थापन, उद्यमशीलताको परिचय र उद्यमशील सोच र व्यवहारको महत्व, जोखिम, त्यसको असर र न्यूनीकरणका उपाय तथा बिमालगायतका विषयमा जानकारी दिइने भएको छ ।

तालिमको उद्घाटन गर्दै घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमाकुमारी डिसीले सहकारी संस्थाहरू पारदर्शी रूपमा सञ्चालन हुनुपर्ने बताइन् । पारदर्शीता नहुँदासम्म संस्था अगाडि बढ्न नसक्ने उनको भनाइ रहेको छ । ‘सहकारी संस्थाहरू सहकारीको भावनाअनुसार अगाडि बढाउनु पर्दछ’, उनले भनिन् । सञ्चालक समितिले आप्mनो इच्छाअनुसार सञ्चालन गर्दा सहकारीहरू समस्या हुने गरेको उनको भनाइ रहेको थियो ।

सहकारीको सदस्यता दिँदा मापदण्ड बनाएर सदस्यता दिनुपर्ने उनले बताइन् । ‘सस्तो सदस्यता बाढ्नु हुँदैन सहकारीको बारेमा बुझाएर मात्र सदस्यता दिनु पर्दछ’, उपप्रमुख डिसीले भनिन् । सहकारीले आप्mना सदस्यहरूलाई उद्यमशीलतामा जोड्न भूमिका खेल्नुपर्ने समेत उनले बताइन् । उत्पादन क्षेत्रमा सहकारीले लगानी गर्नुपर्ने समेत उनको भनाइ रहेको छ । कार्यक्रममा घोराही उपमहानगरपालिका प्रशासन महाशाखाका प्रमुख तथा सामीका कार्यक्रमका फोकल पर्सन बासुदेव आचार्य, घोराही उपमहानगरपालिका सहकारी तथा रोजगार प्रबद्र्धन शाखाका प्रमुख प्रेम केसी, डिजिटल फाइनान्सियल सर्भिस अफिसर लक्ष्मण विष्टलगायतले भनाइ राखेका थिए ।

डिप्रोक्स नेपाल सामी कार्यक्रमका तालिम तथा मिल म्यानेजर पूर्णप्रसाद पौडेलको अध्यक्षता घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमाकुमारी डिसीको प्रमुख आतिथ्यतामा भएको थियो । डिप्रोक्स नेपाल (सामी) कार्यक्रमका वित्तीय साक्षरता क्षेत्रीय संयोजक सिद्धिप्रसाद सिवाकोटीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण डिप्रोक्स नेपाल (सामी) कार्यक्रमका वित्तीय साक्षरता क्षेत्रीय संयोजक छठ्ठीराम यादवले गरेका थिए । ३ दिनसम्म सञ्चालन हुने तालिमको प्रशिक्षकमा डिप्रोक्स नेपाल सामी कार्यक्रमका तालिम तथा मिल म्यानेजर पूर्णप्रसाद पौडेल, डिप्रोक्स नेपाल (सामी) कार्यक्रमका वित्तीय साक्षरता क्षेत्रीय संयोजक सिद्धिप्रसाद शिवाकोटी र डिप्रोक्स नेपाल (सामी) कार्यक्रमका वित्तीय साक्षरता क्षेत्रीय संयोजक छठ्ठीराम यादव छन् ।