Ad Area

बंगलाचुलीमा श्रीमानको हत्या,श्रीमति र छोरा पक्राउ


घोराही,१५ चैत । दाङको बंगलाचुली गाउँपालिकामा गएराती एकजानाको हत्या भएको छ । बंगलाचुलि गाउँपालिकाको वडा नम्वर २ मर्पेस निवासी ३५ वर्षका रेशम सुनारको हत्या भएको वडा अध्यक्ष मैते पुनमगरले जानकारी दिएका छन् ।

सुनारलाई उनका छोरा १८ बर्षीया शिवराज सुनार र ३६ बर्षीय श्रीमती कमला सुनारले मिलेर हत्या गरेको वडा अध्यक्ष पुनले जानकारी दिएका छन् । उनका अनुसार मृतक रेशम सुनारलाई कोदालोको पासाले टाउकोमा हानी हत्या गरेका हुन ।

हत्यामा संलग्न आमा छोरा दुवैलाई प्रहरीले पक्राउ गरेको छ । घरमा लामो समयदेखि मदिरा खाएर श्रीमान श्रीमतीविचमा झगडा भईरने गरेको र हिँजो पनि परिवारमा एक आपसमा विवाद हुँदा छोरा र श्रीमतीले कुटपिट गर्दा श्रीमानको ज्यान गएको हुन सक्ने वडा अध्यक्ष पुनले बताएका छन् । मृतको शवलाई पोस्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको वडा अध्यक्ष जानकारी दिएका छन् ।

Blog Post Ad Blog Post Ad