Ad Area

हत्याको आरोपमा आमाछोरा पक्राउ


दाङमा हत्याको आरोपमा आमाछोरालाई पक्राउ गरिएको छ । मंगलवार बंगलाचुली गाउँपालिका मर्पेसका ४० वर्षिय रेशम सुनारलाई आफ्नै श्रीमति र छोराले हत्या गरेको आरोप छ । ३२ बर्षकी कमला सुनार र १७ वर्षका छोरा शिवराज सुनारलाई पक्राउ गरिएको हो ।

कोदालोले टाउकोमा प्रहार गरी हत्या गरेको भनि वडा अध्यक्षले इलाका प्रहरी कार्यालय कमिरेचौरमा जानकारी गराएका थिए । प्रहरी सहायक निरिक्षक सहदेब योगीको नेतृत्वमा ५ जना र जिल्ला प्रहरी कार्यालय दाङबाट प्रहरी निरिक्षक मिरा खड्काको नेतृत्वमा ११ जनाको टोली अनुसन्धानका लागि मर्पेस पुगेको थियो ।

आमाछोरालाई घोराही १९ पाली भन्ने ठाउँमा लुकी बसेको अवस्थामा पक्राउ गरिएको हो । घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रवक्ता राजन गौतमले बताएका छन् ।

 

 

Blog Post Ad Blog Post Ad

Blog Post Ad