Ad Area

प्राकृतिक उपचारमा आकर्षण


दाङ, १५ चैत । दाङको घोराहीमा प्राकृतिक रूपबाट बिरामीलाई सेवा दिने उद्देश्यले वेलनेस अस्पताल प्रालि सञ्चालनमा ल्याएको छ । घोराही उपमहानगरपालिका–१० उत्तरअम्राईमा अस्पताल सञ्चालनमा ल्याएको हो ।

अस्पतालले करिब ६ महिना अघिबाट सेवा दिन सुरु गरेको वेलनेश हस्पिटल प्रालिका अध्यक्ष छविनारायण गिरीले बताए । अस्पताल सञ्चालनमा ल्याए पनि सेवा थप गर्ने कार्य भने जारी छ । अस्पताल सञ्चालनसँगै सेवा पनि थप गर्दै लगेको अस्पताल व्यवस्थापनले जनाएको छ । ‘केही समय अघि सञ्चालनमा ल्याउने योजना रहे पनि कोभिडको कारण केही ढिला भएको हो’, अध्यक्ष गिरीले भने । लकडाउनका कारण निर्माणमा समस्या भएपछि ढिलाइ भएकाले सञ्चालनमा ढिलाइ भएको उनको भनाइ छ । प्राकृतिक विधिबाट बिरामीको उपचार गरिने उक्त हस्पिटल ३० बेडको छ । हस्पिटल निर्माणका लागि ४ करोड २५ लाख खर्च भएको अध्यक्ष गिरीले बताए ।

यस प्रकारको अस्पताल जिल्लामा पहिलो भएको उनले बताए । बुटवल पश्चिममा यस प्रकारको हस्पिटल नभएको उनले बताए । यस क्षेत्रमा केही नयाँ काम गर्ने उद्देश्यले यस प्रकारको अस्पताल निर्माण गर्न थालेको उनले बताए । ‘नाफा कमाउने भन्दा पनि सेवा गर्ने उद्देश्यले यस प्रकारको अस्पताल खोलेका हौँ’, अध्यक्ष गिरीले भने, ‘अस्पतालमा क्यान्सर, प्यारालाइस, नसासम्बन्धी रोग तथा बाथ रोग, ढाडसम्बन्धी रोगको प्राकृतिक विधिद्वारा उपचार गरिँदै आएको छ ।’ प्राकृतिक पद्धतिबाट उपचार गरिने भएकाले उपचार समेत सस्तो हुने उनको भनाइ छ । अस्पतालमा खान, बस्न र उपचार सहित दैनिक ४ हजार र सामान्य अवस्थामा खाना, बस्न र उपचार गरी दैनिक १ हजार ५ सय खर्च लाग्ने गिरी बताउँछन् ।

अस्पतालमा प्राकृतिक उपचार, थेरापी, योग, मसाज थेरापी, एकुपेन्चर, डाइटिङ, जीवनशैलीमा कसरी सुधार ल्याउन सकिन्छ भनेर काउन्सिलिङबाट उपचार गरिने छ । पारिवारिक वातावरणमा उपचार लिन सकिने गिरी बताउँछन् । हस्पिटलमा भर्ना गरेर तथा ओपिडीको रूपमा पनि सेवा दिने गरेको छ । अस्पतालमा प्राकृतिक उपचारसँगै अर्गानिक खानाको व्यवस्था गरिएको छ । पछिल्लो समय प्राकृतिक उपचारप्रति नागरिकको आकर्षण बढ्दै गएको उनी बताउँछन् । केही समय अघि प्राकृतिक उपचारका बारेमा नागरिकलाई जानकारी हुन नसकेको उनले बताए । ६ महिनाको समयमा ५ सय ७५ जनाले उपचारबाट सञ्चो भएर घर फर्किसकेको समेत अध्यक्ष गिरीले बताए ।

उपचार लिनेहरू दाङ, रोल्पा, जाजरकोट, रुकुम, नेपालगञ्ज, बाँके, बर्दियासम्मकाले उपचार लिएर फर्किएको अस्पतालले बताएको छ । बढी मात्रमा नसासम्बन्धी, ढाड दुख्ने, प्यारालाइस, माइग्रेसनसम्बन्धी रोगका विरामी आउने गरेको उनको भनाइ छ । अस्पतालमा उपचार गराइरहेकी घोराही १२ हापुरकी पार्वती रोकाले प्राकृतिक उपचारबाट आप्mनो हातखुट्टा सञ्चालन गर्नसक्ने भएको बताइन् । एक्कासी शरीरको एकतर्फको हर नै नलाग्ने अवस्था भएको तर अहिले सुधार हुँदै गएको उनले बताइन् ।

‘अरुको भरमा आएको केही दिन मात्र भएको छ, अहिले हातखुट्टा चलाउनसक्ने भएको छु’, उनले भनिन् । जिल्लामा नयाँ कार्यको थालनी गर्दा केही सयम यसको बारेमा नागरिकलाई जानकारी नहँुदा समस्या भोग्नुपरेको गिरीले बताए । ‘सुरुका दिनमा धेरै समस्या भोग्नु प¥यो, धेरै आरोप समेत खेप्नु प¥यो’, अध्यक्ष गिरीले भने । अस्पतालमा २ जना डाक्टरले सेवा दिइरहेको छन् । अस्पतालमा उपचारका लागि आउने बिरामीलाई खुवाउन भनेर अर्गानिक खेती समेत गरिएको छ ।
व्याचलर अफ नेचुरल फेथिक एण्ड योग पढाइ हुने

Blog Post Ad

वेलनेश हस्पिटल प्रालिले केही समयपछि व्याचलर आफ नेचुरल फेथिक एण्ड योग साइन्सको कक्षा सञ्चालन गर्ने जनाएको छ । कक्षा ११, १२ मा साइन्स विषय लिएकाले यसको अध्ययन गर्न पाउने भएका छन् । यस विषय जिल्लामा सञ्चालन हुने भएपछि अध्ययनका लागि भारत जानुपर्ने बाध्यता हट्नेछ । यसले यस क्षेत्रका मात्र नभइ छिमेकी जिल्लाहरूका विद्यार्थीलाई समेत सहज हुनेछ । अध्ययन सुरु गरेपछि ४० जनाले अध्ययन गर्ने अवसर प्राप्त गर्ने र यसले यस क्षेत्रका नागरिकलाई सहजता हुनेछ ।

Blog Post Ad Blog Post Ad