Ad Area

संचार समूह दाङमा नयाँ नेतृत्व चयन


दाङ,१७ चैत । संचार समूह दाङको दोश्रो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । समूहका अध्यक्ष दिपक जिएमको अध्यक्षतामा शनिवार तुलसीपुर उपमहानगरपालिका–७ स्थीत राप्ती शान्ति उद्यानमा भएको अधिवेशनले लिलाधर वलीको अध्यक्षतामा सर्वसहमत नयाँ नेतृत्व चयन गरेको हो ।

समूहको उपाध्यक्षमा जीतसागर जिएम, सचिवमा आभास बुढाथोकी, सहसचिवमा एकराज भण्डारी र कोषाध्यक्षमा बिमला घर्तीमगरलाई चयन गरेको छ । सदस्यमा छवि पुरी, अमरराज आचार्य, चन्द्रप्रकाश नेपाली र टोपेन्द्र रोकामगर रहेका छन् ।

त्यसैगरी अधिवेशनले समूहको सल्लाहकारमा दिपक जिएमलाई चयन गरेको छ । अधिवेशनमा सचिवमा सचिव जितसागर जिएमले संगठनिक तथा कोषाध्यक्ष बिमला घर्तीमगरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन । अधिवेशनको सहजीकरण सचिव जीतसागर जिएमले गरेका थिए ।

Blog Post Ad Blog Post Ad