Ad Area

वार्षिकोत्सवको अवसरमा मैत्रीपूर्ण फुटवल प्रतियोगिता


दाङ २१ चैत । घोराहीबाट संचालनमा आइरहेको सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा संचालित सिस्ने अनलानइको पाँचौं वार्षिकोत्सवको अवसरमा पत्रकारहरुबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको छ ।

सिस्ने अनलाइनको आयोजना तथा नवलपुर फुटबल एकेडेमीको प्राविधिक सहयोगमा उक्त प्रतियोगिता आज मंगलबार घोराही –१८ मा रहेको नवपुर फुटबल मैदानमा सम्पन्न भएको हो । अनलाइनले आफ्नो वार्षिक उत्सवको अवसरमा केही रचनामत्क तथा सिर्जनात्मक कार्यको सुरुवात गर्नका लागि पत्रकारहारुबीच मैत्रीपूर्ण फुटबलको आयोजना गरेको हो ।

जिल्लामा रहेका रेडियो टिभी र पत्रिका– अनलाइनमा कार्यरत पत्रकारहरुबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको थियो । दुबै टिमले २–२ गोलको बराबरी अंक कायम राखेका थिए । खेलको पहिलो हाफको अन्तिम समयमा पत्रिका अनलाईन तर्फबाट हिमाल महराले पहिलो गोल गरेका थिए भने दोस्रो हाफको प्रारम्भमै पत्रिका अनलाईन तर्फबाट छवि पुरीले दोस्रो गोल गर्दै रेडियो, टिभीमा २–० लिड गेरेको थियो ।

खेलको अन्तिम समयतिर रेडियो – टिभी तर्फबाट बाबुराम पाण्डे र प्रकास चौधरीले एक÷एक गोल गरी हारबाट बच्दै खेल बराबरी पुगेको थियो । . खेल पश्चात आयोजित समापन समारोहलाई संवोधन गर्नुहुंदै नेपाल पत्रकार महासंघ दाङकाका अध्यक्ष दुर्गालाल केसीले प्रतियोगिता निकै महत्वपूर्ण, प्रतिस्पर्धा रहेको र खेलबाट पत्रकारहरुबीचको सम्बन्ध अझ प्रगाढ हुन जाने विश्वास प्रकट गरे ।

सिस्ने अनलाईन प्रबन्ध सम्पादक जंग रेउलेले अनलाइनले आफ्नो वार्षिक उत्सवको अवसरमा केही रचनामत्क तथा सिर्जनात्मक कार्य प्रत्येक वर्ष निरन्तरता दिने समेत बताए । नवलपुर फुटबल एकेडेमीको प्राविधिक सहयोगमा तथा रेफ्रीमा संदेश बढा, प्रबिन घर्ती र सम्राट नेपाली रहेका थिए भने खेल समापन गर्न नेपाल मगर संघका वरिष्ठ उपाध्यक्ष प्रेम बुढा मगरले २ वटा फुटबल बल, घोराही उपमहानगरपालिका–१३ का पूर्व अध्यक्ष रविलाल घर्तीले खेलाडीलाई नास्ता सहयोग गरेका थिए ।
सहयोग गर्र्नेलाई अनलाइनका सम्वाददाता भ्यूमान पुन मगरले धन्यवाद दिएका थिए ।

 

Blog Post Ad
Blog Post Ad Blog Post Ad