Ad Area

बालविवाह गरेको अभियोगमा ३ जना पक्राउ


घोराही, २१ चैत । बालविवाह गरेको अभियोगमा बंगलाचुलीबाट किशोरकिशोरीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमका अनुसार चैत १९ गते केटाकेहीको परिवारको परिवारले विवाह गराएको भन्ने प्रारम्भिक जानकारीसहितको सूचना आएपछि कमिरेचौरबाट खटिएको प्रहरीको टोलीले मंगलबार दुलाहा दुलहीसहित विवाह गराउन सहयोग गरेको आशंकामा एक महिलालाई पनि नियन्त्रणमा लिईएको छ ।
बंगलाचुुली गाउँपालिका वडा नम्बर ४ गहतेराकी १५ वर्षीया किशोरी र वडा नम्बर ८ हाँसिपुर स्यालाका १७ वर्षीय किशोरले विवाह गरेको गुनासोसहितको सूचना आएपछि घटना दर्ता गरी बालविवाहको मुद्धा चलाइएको प्रहरी नायक उपरीक्षक गौतमले बताउनुभयो । वडा नम्बर ४ का वडा अध्यक्ष डासबहादुर डाँगीले बालविवाह भएको पुष्टि गर्नुभयो ।
उहाँले केटाकेटीका परिवारले आपसी समझदारीमा विवाह गरेको भन्ने प्रारम्भिक जानकारी पाएको बताउँदै घटना बारे प्रहरीले अनुसन्धान अघि बढाएको जानकारी दिनुभयो । दाङमा बालविवाह रोक्न विभिन्न प्रयास भएपनि रोक्न चुनौति देखिएको छ । स्थानीय सरकार, विभिन्न संघ संस्थाले बालविवाह न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम र अभियान चलाउँदै आएपनि समुदाय स्तरमा यसको प्रभाव पर्न नसक्दा उमेर नपुग्दै विवाह गर्ने क्रम रोक्न चुनौति देखिएको हो ।
बालविवाह गरेको अभियोगमा ३ जना पक्राउ महिला पुनस्थापना केन्द्र ओरेकका अनुसार पछिल्लो समय थुप्रै बालविवाहका घटना भएको तथ्यांक छ । समुदायमा अझै पनि धेरै जसो बालविवाहका घटना गुपचुप राख्ने गरिएकाले पनि बाहिर नआएको हुनसक्ने प्रहरीको भनाई छ ।
Blog Post Ad Blog Post Ad