Ad Area

सल्यानमा भरुवा बन्दुक पड्किदा बालिकाको मृत्यु, तीन घाइते


दाङ, २१ चैत । भरूवा बन्दुक पड्किँदा सल्यानमा एक बालिकाको मृत्यु भएको छ। तीन जना बालबालिका घाइते भएका छन् ।

मृत्यु हुनेमा कालिमाटी गाउँपालिका– ७ स्वायनवासकी ९ वर्षीया पूजा घर्ती रहेकी छन् । बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिएका छन् ।

घाइते भएका तीन जना मध्ये गम्भिर घाइते भएकी ५ वर्षिया यमुना आलेको काठमाडौंमा भइरहेको छ। अर्की घाइते तीन वर्षीया देवी घर्तीलाई मंगलबार बाँकेको कोहलपुर मेडिकल कलेजले उपचार पश्यात डिस्चार्ज गरिएको छ भने ८ वर्षीय तेजेन्द्र आलेको अवस्था सामान्य छ । उनलाई स्थानीय मेडिकलमा उपचार पश्यात डिस्चार्ज गरिएको हो ।

प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गोपाल श्रेष्ठका अनुसार सोमबार बेलुका ६ बजे स्थानीय बेलबहादुर आलेको घरमा भरूवा बन्दुक पड्कीएको थियो । बन्दुक पड्कीडा आगनमा खेल्दै गरेका बालबालिकाहरुलाई छर्रा लागेको प्रहरी प्रवत्ता श्रेष्ठले बताए । बन्दुक कसले पड्काएको भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए । प्रहरीले बेलबहादुर आलेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ।

Blog Post Ad Blog Post Ad