Ad Area

शुभ लक्ष्मी सहकारीको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो बिमोचन


दाङ ,२५ चैत । घोराही उपमहानगरपालिका-६ मा गुरुवागाउँमा रहेको शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको भित्रेपात्रोको विमोचन गरिएको छ । नयाँ वर्ष २०८० सालको शुभकामना आदानप्रदान कार्यक्रमसँगै शनिबार कार्यक्रम गरी भित्रेपात्रो विमोचन गरिएको हो ।
कार्यक्रममा सहकारीका अध्यक्ष श्रीधर शर्मा पौडेलले पछिल्लो समयमा अर्थतन्त्रमा गहिरिदो समस्याको कारण सहकारीमा आर्थिक मन्दी रहेको बताउनुभयो । सहकारीका शेयर सदस्यको सहयोगका कारण सहकारी राम्रो हुँदै गएपनि आगामि दिनमा गम्भीर रुपमा संस्थागत काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सहकारीका कोषाध्यक्ष शरदकुमार आचार्यले सहकारीमा सबै शेयर सदस्यले आफ्नो सम्झेर काम गर्नुपर्ने बताउनुभयो । भित्तेपात्रोमा तिथि मिति हेर्ने मात्र नभएर सहकारीको गतिविधि पनि झल्काउने गरेको बताउनुभयो । सहकारीका गतिविधिमा चासो राख्ने सल्लाह सुझाब दिने गर्नु बताउनुभयो ।
सल्लाहकार बिमल अधिकारीले सहकारीले नियमित प्रकाशन गर्दै आएको भित्तेपात्रोले इतिहास राख्ने र आगामी पुस्तालाई मार्ग निर्देशन हुने बताउनुभयो ।
लेखासमितिका सदस्य बिष्णु अधिकारीले सहकारीले आफ्नो पहिचान दिन र आफ्नो भूमिका देखाउनका भित्तेपात्रोले सहयोग गर्ने बताउनुभयो ।
शिक्षा उपसमितिका अध्यक्ष कृष्णकुमार न्यौपानेको अध्यक्षता भएको कार्यक्रममा सदस्य पूर्ण चौधरीले स्वागत गर्नुभएको थियोे । कार्यक्रमको सहजीकरण सदस्य रञ्जिता अधिकारीले गर्नुभएको थियोे ।

Blog Post Ad Blog Post Ad