Ad Area

अपांगलाई दाम्ले मिठाइ र आलु चिप्स बनाउने तालिम


दाङ,२५ चैत । शारिरीक अपांगता भएका व्यक्तिहरुका लागि दाम्ले मिठाई र आलु चिप्स बनाउने तीन दिने तालिम सम्पन्न भएको छ ।

घोराही उपमहानगरपालिका–११ वडा कार्यालयको आर्थिक सहयोग तथा नेपाल अपांग संघ खगेन्द्रनवजीवन केन्द्र स्वर्गद्वारी जिल्ला शाखाको आयोजनामा तालिम भएको हो ।तालिममा अपागता भएका व्यक्तिहरुलाई दाम्ले मिठाई तथा आलु जिप्स बनाउने सिकाईएको थियो ।

तालिम कार्यबाहक सभापति निशान्त आचार्य, सचिव भुमा चौधरी, कार्यक्रम संयोजक वडास्तरीय अपांगत समितिका संयोजक शोभा विकले भनाई राखेका थिए । तालिमको प्रशिक्षकमा बिजय चौधरी रहेका थिए ।

Blog Post Ad Blog Post Ad