Ad Area

सर्पको उद्धारका लागि सरोकारवालालाई तालिम


दाङ, २७ चैत । मानवबस्तीमा सर्प देखापर्ने क्रम बढेको र सर्पको उद्धारमा समस्या भएको भन्दै डिभिजन वन कार्यालय दाङले सर्पको उद्धारका लागि सरोकारवालालाई तालिम दिन शुरु गरेको छ ।
मानिसहरु बसोबास गर्ने क्षेत्रमा सर्पहरु बढ्ने गरेको, ती बिशालु सर्पले डसेका घटना बढेको र उद्धारमा समस्या देखिएपछि जिल्लामा पहिलो पटक सरोकारबाला निकायलाई तालिम दिन शुरु गरेको हो ।

पारिस्थितिय प्रणालीमा सर्पको महत्व भएपनि मानिसले सर्प देख्नासाथ मारिहाल्ने घटना बढेपछि उद्धारमा सहयोग पु¥याउनका लागि डिभिजन वन कार्यालय, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र रेडक्रसमा आवद्ध ब्यक्तिहरुलाई सर्पको पहिचान र उद्धारको सिपका बारेमा कार्यक्रम नै बनाएर अभियान थालेको डिभिजन वन कार्यालय दाङका प्रमुख मोहनप्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।

गमी मौषम शुरु भएसँगै मानिसको घरभित्र सर्प पस्ने र स्थानीय त्रसिद हुने घटना बढेपछि कार्यालयले सरोकारवाला निकायमार्फत उद्धारकर्ता बढाउने काम गरिरहेको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिए ।

वन, वन्यजन्तु, जैविक बिबिधता संरक्षण तथा ब्यवस्थापन कार्यक्रम अन्र्तगत सोमवार घोराहीमा बिषालु सर्प उद्धार तथा पुर्नःस्थापनाका लागि सीप तथा प्रविधि सहयोग तालिम गरिएको छ । डिभिजन वन कार्यालय दाङका प्रमुख मोहनप्रसाद श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा डिभिजन वन कार्यालय, नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र रेडक्रसमा आवद्ध प्रतिनिधिहरुलाई तालिम दिइएको थियो ।

सर्पको उद्धारमा लामो समयदेखि खट्टनु भएका रेञ्जर यमबहादुर रावतले नेपालमा पाइने सर्पका प्रजाति, सर्पका बिषेशता, बिशालु सर्पको पहिचान र उद्धारका लागि अपनाउनु पर्ने बिधिका बारेमा जानकारी गराउनु भएको थियो । तालिमपछि संस्थागत रुपमा उनीहरुलाई सर्प उद्धार सामाग्री समेत प्रदान गरिएको थियो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad