Ad Area

दाङको वजारमा सुजुकीको ग्राण्ड भिटारा र नयाँ ब्रेजा


दाङ,२७ चैत । दाङको वजारमा दुई नयाँ एसयुभी ‘द ग्राण्ड भिटारा’ र ‘ब्रेजा’ गाडी सार्वजनिक गरिएको छ । साडीको सोमवार एक कार्यक्रमको अयोजना गरि लञ्च गरिएको हो ।

घोराहीको लागि आधिकारीक डिलर स्वर्गद्धारी अटो रहेको छ । ‘द ग्राण्ड भिटारा’ गाडी सुजुकी ब्रान्डको बहुप्रतिष्ठित मोडेल हो । यो नयाँ संस्करणको ग्राण्ड भिटारामा सुजुकीको आफ्नै ‘क्राफ्टेड फ्युचरिज्म डिजाइन ल्याङ्ग्वेज’ को प्रयोग गरिएको छ । जसका कारण अरु भन्दा फरक बाहिरी डिजाइन र प्रिमियम इन्टेरियर प्रदान गरेको स्वर्गद्धारी अटाका सञ्चालक विपिन श्रेष्ठले जानकारी दिएका छन् ।

सुजुकीको लेजेण्डरी अल ग्रिप टेक्नोलोजीले यस एसयुभीको अफ–रोड क्षमता बढाउँछ । साथै यो सेग्मेन्टको एसयूभीमा नभएको थुप्रै नयाँ फिचर्सहरु पनि पाउन सकिन्छ । ग्राण्ड भिटारामा भारतीय बजार मै पहिलो पटक अत्याधुनिक र कम इन्धन खपत गर्ने ‘फुल हाइब्रिड’ प्रविधियुक्त इन्जिन प्रयोग गरिएको छ । पुरानो संस्करणको भिटारा ब्रेजा नेपाल कै सर्वाधिक बिक्री हुने गरेका दावी गरिएको छ ।

ब्रेजामा अत्याधुनिक प्रविधिहरू र नेक्स्ट जेनेरेशनको आराम र सुविधाजनक फिचर्सहरु पाउन सकिने श्रेष्ठको भनाइ रहेको छ । यो स्पोर्टी एसयुभीले स्टाइलिस र रोमाञ्चक नयाँ डिजाइन, शक्तिशाली पर्फोमेन्स, उन्नत सुरक्षा सुविधाहरू प्रदान गर्ने कम्पनीले बताएको छ । नयाँ ब्रेजामा हाई–टेक सुविधाहरू रहेका कारण शहर र बाहिर सडकहरूमा चलाउँदा उपयोगी हुने कम्पनीले बताएको छ ।

प्रतिस्पर्धी एसयुभी सेग्मेन्टमा यी दुई एसयुभीले सुजुकीको उपस्थितिलाई अझै मजबुत बनाउने विश्वास कम्पनीले लिएको छ । पछिलो समयमा नेपाली बजारमा एस यू भीको माग उच्च रहेको बताइएको छ । नेपालको सन्दर्भमा एसयुभी गाडी उचित रहेको कम्पनीले बताएको छ । ग्राहकहरुले आकर्षक डिजाइन, आरामदायी इन्टेरियर, नयाँ–नयाँ अटो मोबाइल प्रविधियुक्त सवारी नै रोज्ने भएकोले नयाँ ग्रान्ड भिटारा र ब्रेजा गाडी उनीहरुका लागि गेम चेन्जर हुने कम्पनीको दाबी छ । कार्यक्रम हिमप्रसाद श्रेष्ठको अध्यक्षतामा तथा नेपाल जेसीज वर्ष २०२२ का अध्यक्ष लालमणि भण्डारीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमको सहजिकरण मिनराज भाटले गरेका थिए ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad