Ad Area

लोकस्टार शनी बिश्वकर्माको गीत टिकटकमा रुचाइदै


दाङ, चैत ३० । नेपाली मौलिक संस्कृति बोकेको लोक दोहोरी गीति एल्वम ‘खर काटेर’ टिकटकमा अत्यधीक रुचाइएको छ । लोकस्टार शनी बिश्वकर्मा र करुणा ओलीद्वारा स्वरबद्ध लोक दोहोरी गीति एल्वम ‘खर काटेर’ रिलिज अगावै टिकटकमा अत्यधिक रुचाइएको हो ।

आयातित संंस्कृतिको प्रभावले नेपाली गीत संगीत बिकृत बन्दै गइरहेको समयमा मौलिक नेपाली संस्कृति र जीवन शैली झल्काउने गीति एल्वम ‘खर काटेर’ को प्रमोशनका लागि टिकटकमा पोष्ट गरिएको सुटिङ रिपोर्टले दर्शकको मन जितेको मात्र छैन–टिकटक पोष्ट ह्वात्तै बढेको छ । मनोरञ्जनको भरपर्दो साधनका रुपमा रहेको टिकटकमा दुई दिनमै २ सय ५० बढी व्यक्तिले गीतको शीर्ष भाग (स्थायी÷थेगो) लाई पोष्ट गरेका छन् ।

सञ्चारकर्मी टीका बस्नेतको शब्द रचना, करुणा ओलीको संगीत रहेको गीतको संगीत संयोजन नगेन्द्र वियोगीले गर्नुभएको छ । प्रकाश शाहीको प्रस्तुती रहेको गीत सुर्खेतको रमणीय वातावरणमा छायांकन गरिएको गीतमा प्रकाश शाही, नविन ओली, सीता भण्डारी र लक्ष्मी सुनारको अभिनय रहेको छ ।

Blog Post Ad Blog Post Ad