Ad Area

‘पत्रकारिता क्षेत्रलाई व्यवस्थीत र जिम्मेवार बनाउन गम्भीर बनौ’


घोराही, २ बैशाख । पत्रकारिता क्षेत्रलाई व्यवस्थीत, मर्यादित र जिम्मेवार बनाउन संचार क्षेत्रमा संलग्न सवै लाग्नुपर्ने बताएका छन् । नयाँ वर्ष २०८० को अवसरमा नेपाल पत्रकार महासंघ दाङ शाखाले शनिवार घोराही उपमहानगरपालिका–१३ को पर्यटकिय क्षेत्र बाह्रकुने दहमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा वनभोज कार्यक्रममा बोल्ने बक्ताहरुले पछिल्लो समय संचार क्षेत्रको गुम्दै गएको विश्वनियतालाई बचाउनका लागि सममै सचेत हुनुपर्नेमा जोड दिएका हुन ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएमले नेपाली पत्रकारितामा घुसपैठ बढ्दै गएको हुँदा सचेत हुन आवश्यक रहेको बताएका छन् । लाई सम्बोधन गर्दै उपाध्यक्ष जिएमले हिजो दिनमा हुने गरेको आन्दोलनमा विभिन्न शक्ति केन्द्रहरुको घुसपैठ भएजस्तै अहिले नेपाली मिडियामा विभिन्न नाममा अराजक तत्वको घुसपैठ बढेको बताएका हुन ।

नेपाल महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको कार्यक्रममा उनले नेपाली पत्रकारितालाई मर्यादित, विश्वसनीय र उत्तरदायी बनाउने क्रममा मिडियामाथिको विश्वसनीयता कमजोर बनाउन पत्रकारितामा मण्डले प्रकृति हावी हुँदै गएको होकी भन्ने अवस्था सिर्जना भएको भन्दै यसलाई रोक्न सिंगो संचारमाध्यमलाई गम्भीर हुन आग्रह गरे ।

पत्रकारिताको मूल्य, सिद्धान्त बचाउन तथा मिडिया क्षेत्र विकृत हुनबाट जोगाउन व्यावसायिक पत्रकारितामा निष्ठाको पत्रकारिता आवश्यक रहेकोमा जोड दिएका थिए । उनले पछिल्लो समय महासंघ पत्रकारहरुको पहिचान बनाउने गरि अघि बढेको जानकारी गराउँदै संचारसम्बन्धि कानुनका विषयमा गम्भीर रुपमा अध्ययन अघि बढेको समेत बताए ।

संचार क्षेत्रमा भएका कानुनको पुनरावलोकन गर्ने, भए गरेका समस्याहरुको पहिचान गरी समाधानको उपाय निकाल्न अध्ययन एक समिति गठन भएर काम गरिरहेको समेत जानकारी गराउँदै अहिले मिडिया काउन्सिल विधेयक शुन्यमा झरेको अवस्थामा मिडिया सम्बन्धि कानुन र विषय अघि बढाउन सरकारले सरोकारवालासँग समन्वय गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका थिए ।

पत्रकार सुदृढीकरण अभियानलाई अघि बढाउन प्रदेश र जिल्ला तहमा पनि छलफल जारी रहेको हुँदा पत्रकारितामा मुल्यहीनता, विचलन, संवेदनशीलता बलियो बनाउँदै जवाफदेही तथा सन्तुलित पत्रकारितामा लाग्न अपिल गरे ।

Blog Post Ad

कार्यक्रममा प्रेस काउन्सिल सदस्य शरद अधिकारीले मिडिया क्षेत्रमा विकृति विसंगति बढ्दै गएको हुँदा यसको नियमन हुन आवश्यक रहेको बताएका थिए । प्रेस काउन्सिलले मिडिया अनुगमन गर्ने र आचारसंहिता पालनामा भुमिका खेल्दै आएको जानकारी गराउँदै डिजिटल मिडियाका नाममा जथाभावी खुलेका मिडियाहरुका कारण पनि समग्र नेपाली मिडियाको अवस्थाका बारेमा प्रश्न उड्ने गरेको बताएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्व अध्यक्षहरु सुशील गौतम, केबी मसाल, सुदीप गौतम, निवर्तमान अध्यक्ष सविन प्रियासन, प्रेस युनियन दाङका कार्यवाहक अध्यक्ष नारायण खड्का, प्रेस चौतारी दाङका अध्यक्ष ईन्द्र डिसी, प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्मा, प्रगतिशील पत्रकार संघ दाङका अध्यक्ष महेश रिजाललगायतले अबको पत्रकारितालाई थप जिम्मेवार र मर्यादित बनाउन सबैले गम्भीर भएर लाग्न आवश्यक रहेकोमा जोड दिएका थिए ।

पत्रकारिता दिगो शान्ति, स्थिरता र विकासका पक्षमा केन्द्रित हुनुपर्नेमा उनीहरुको जोड थियो । महासंघका उपाध्यक्ष बसुन्धरा गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव आरके शीतलले गरेका थिए ।

Blog Post Ad Blog Post Ad