Ad Area

दाङमा छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु


घोराही, २ बैशाख । दाङमा शनिवार भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको घोराही–लमही सडक खण्डमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

तुलसीपुरबाट बुटवल जान लागेको मिनी बस आज दिउँसो करिव एक बजेतिर घोराही उपमहानगरपालिका–३ मसोट खोलाको ओरालोमा ब्रेकफेल भएर भित्तामा ठोक्किएर दुर्घटना हुँदा बसमा सवार दाङको बंगलाचुली गाउँपालिका–६ लापे निवासी ३० वर्षीय यमी घर्तीमगरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा गम्र्भीर घाइते हुनुभएकी घर्तीको उपचारका क्रममा लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घोराहीबाट बुटवल जादै गरेको ना ४ ख ६९५० नम्बरको मिनी बस ब्रेकफेल हँुदा मसोटखोलाको नजिकै घुम्तीमा बस दुर्घटनामा परेको थियो ।

उक्त दुर्घटनामा बसमा सवार मृतककी घर्तीकी ५ वर्षीया छोरी आहाना घर्ती, प्युठान जिल्ला ऐरावती गाउँपालिका–२ निवासी सरस्वती आचार्य, लमही नगरपालिका–५ निवासी सुरज बस्नेत घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । त्यसैगरी शनिवार नै दिउँसो घोराही उपमहानगरपालिका–१० नारायणपुरस्थित बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

तुलसीपुर–घोराही सडक खण्डमा तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा १ ख ३१२६ नं. को बसले पैदल यात्रीलाई ठक्कर दिदा घोराही उपमहानगरपालिका–१२ बरुवागाँउ बस्ने बर्षीय १८ का बसन्त केसीको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका केसीको उपचारका क्रममा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Blog Post Ad

प्रहरीले ठक्कर दिने बस चालक तुलसीपुर उपमहानगरपालिका–१५ खैरेनी बस्ने २३ बर्षीय सागर वलीलाई पक्राउ गरेर घट्ना बारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Blog Post Ad Blog Post Ad