Ad Area

अभिभावकका घर-घरमा मावि सौडियारका अध्यक्षदेखि शिक्षक


घोराही, ४ बैशाख । ‘नमस्कार, हजुरका बच्चा कता पढाउनुहुन्छ, यसपालि मावि सौडियारमा प्ले ग्रुपदेखि कक्षा ५ सम्म नयाँ शिक्षकहरुले अंग्रेजी माध्यममा पठनपाठन हुन्छ, हामिलाइ तपाईका बच्चा दिनुहोस ?’ भन्दै माबी सौडियार घोराही ७ का विद्यालय व्यवस्थापन समितीका अध्यक्षसहित शिक्षक कर्मचारी आइतबार विद्यार्थीका घरघरै पुगे । उनीहरु भर्ना अभियानको प्रचार गर्न त्यसरी नै जाने विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र गौतमको भनाई छ । दुई समुहमा बाँडिएर भर्ना अभियान प्रचार प्रसार गाउँ गाउँमा सन्चालन भएको छ ।

एउटा समुहको नेतृत्व बिद्यालय व्यवस्थापन समिति सदस्य जिउधन चौधरीको नेतृत्वमा प्रअ गौतमसहितको टाेलिले गर्नु भएको छ भने अर्को समुहको नेतृत्व शिक्षक सुधार अनुगमन समिती सदस्य लोकबहादुर कुवरसहित विद्यालयका नयाँ र पुराना शिक्षकहरुले गर्नु भएको छ । यो अभियान नियमितरुपमा केही दिन अझै चल्ने र अभिभावकबाट सकारात्मक प्रतिकृया आएको र यसपाली अग्रेजि मिडियम सुरु भएपछि अभिभावकको आकर्षण थपिएको सहायक प्रअ यमलाल रिजाल बताउनु हुन्छ । आजबाट सुरु भएको भर्ना अभियान डबरगाउँ, सुक्रवार, सिसहनियामा चलेको थियो ।।

डबरगाउँ, सुक्रवार पुगेको टोलीमा सहभागी शिक्षक बामदेव पोखरेलका अनुसार पढाउँदै आएका र नयाँ बच्चाका अभिभावकलाई छिटो भर्ना गर्न पठाउनुस् भनियो र बच्चा अन्त पठाउने अभिभावकलाई विद्यालयका सेवा सुविधाका बारेमा जानकारी दिइयो । पढ्न सक्नेलाई सुविधा लेखिएको पम्पलेट बाँडियो ।

‘घरघरै पुगेर हामीले कर्तव्य पूरा गर्यौं’– सिसहनिया पुगेका बिब्यस सदस्य जिउधन चौधरीले भन्नुभयो– ‘धेरैले हाम्रो स्कुलमा पठाउनुहुँदोरहेछ । अन्त जानेले पनि यतै पठाउँछौं भन्नुभएको छ ।’ त्यस्तै शैक्षिक अनुगमन समिती सदस्य लोकबहादुर कुँवरका अनुसार विद्यालयका विशेषताहरुका बारेमा जानकारी गराइयो । विद्यालयमा पढाउँदै आएका अभिभावकलाई कुनै सुझाव भए दिनुस् भनेर अनुरोध गरियो ।

बिहान १० बजे जम्मा भएर प्रचारमा निस्कने गरेको सहायक प्रअ गौतमको भनाई छ । उहाँका अनुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराई, बिब्यस सदस्य, शिक्षक, कर्मचारीसहित सबै पदाधिकारी प्रचारमा खटिने कार्यक्रम छ । केही शिक्षक भने विद्यालयमा भर्ना अभियानमा सहजीकरण गर्ने कार्यक्रम छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad