Ad Area

महालेखाको प्रतिवेदन,जिल्लामा घटेन बेरुजु


दाङ, ४ बैशाख । जिल्लाका पालिकाहरूमा बेरुजु घट्न सकेको छैन । हरेक वर्ष बेरुजु आए पनि बेरुजु शून्य बनाउनतर्फ पालिकाहरूले काम गरेको देखिएको छैन । जसले गर्दा हरेक वर्ष पालिकाहरूको बेरुजु बढ्दै गएको पाइएको छ । घोराही उपमहानगरपालिकाको बेरुजु ४४ करोड ४ लाख ४१ हजार पुगेको छ । आर्थिक वर्ष २०७७÷०७ मा गरिएको लेखा परीक्षणबाट १३ करोड ७६ लाख ३४ हजार बेरुजु देखिएको हो ।

जसमा अशुल गर्नुपर्ने ६३ लाख ५१ हजार, प्रमाणपत्र कागजात पेस गर्नुपर्ने ६ करोड २८ लाख ५१ हजार, नियमित गर्नुपर्ने ६ करोड ७९ लाख ७९ हजार, पेस्की २ लाख ५७ हजार रहेको छ । पालिकाको गत वर्ष ३१ करोड १० लाख ३ हजार बेरुजु रहेको थियो । यस वर्षको बेरुजु तथा समायोजन र समपरीक्षणबाट फस्र्योट एवम् यो वर्ष कायम भएको बेरुजु समेत गरी हालसम्मको बेरुजु ४४ करोड ८४ लाख ४१ हजार रहेको छ ।

तुलसीपुर उपमहानगरपालिकाको बेरुजु ५१ करोड ४ लाख ५५ हजार पुगेको छ । आर्थिक वर्ष २०७७÷०७८ मा गरिएको लेखापरीक्षणबाट १७ करोड ३६ लाख ५८ हजार बेरुजु देखिएको हो । सोमध्ये अशुलउपर गर्नुपर्ने ३ करोड ७४ लाख ६५ हजार, प्रमाणपत्र पेस गर्नुपर्ने ९ करोड ४८ लाख ६३ हजार, नियमित गर्नुपर्ने ३ करोड ९४ लाख २७ हजार, पेस्की १९ लाख ३ हजार रहेको छ । पालिकाकाको गत वर्षको बेरुजु ३३ करोड ६७ लाख ९७ हजार रहेको छ । गत वर्ष र यस वर्षको गरी हालसम्मको बेरुजु ५१ करोड ४ लाख ५५ हजार पुगेको छ ।

लमही नगरपालिकाको बेरुजु ४२ करोड १७ लाख १८ हजार पुगेको छ । आर्थिक वर्ष २०७७÷०७८ मा गरिएको लेखापरीक्षणबाट ७ करोड ९३ लाख ४३ हजार बेरुजु देखिएको छ । बेरुजु अशुल गर्नुपर्ने ५८ लाख २ हजार, प्रमाण तथा कागजपत्र पेस गर्नुपर्ने ३ करोड १ लाख ८४ हजार, नियमित गर्नुपर्ने ३ करोड ७३ लाख २२ हजार र पेस्की १६ लाख ७९ हजार, पालिकाको गत वर्ष ३४ करोड करोड ६६ लाख ५१ हजार बेरुजु रहेको थियो । गत वर्ष र यस वर्ष गरी हालसम्मको बेरुजु ४२ करोड १७ लाख १ हजार पुगेको छ ।

यसैगरेर शान्तिनगर गाउँपालिकाको बेरुजु ९ करोड ४८ हजार ७४ हजार पुगेको छ । आर्थिक वर्ष २०७७÷०७८ मा गरिएको लेखापरीक्षणबाट ३ करोड ५० लाख ७७ हजार बेरुजु देखिएको छ । अशुल गर्नुपर्ने २ लाख ५६ हजार, प्रमाणपत्र पेश गर्नुपर्ने २ लाख ३६ हजार, नियमित गर्नुपर्ने २ करोड ५७ लाख ५० हजार रहेको छ । पालिकाको गत वर्ष ६ करोड ६ लाख ३२ हजार बेरुजु रहेको थियो । गत वर्ष र यस वर्ष गरी हालसम्मको बेरुजु ९ करोड ४ लाख ७४ हजार पुगेको छ ।

राप्ती गाउँपालिका बेरुजु १७ करोड १ लाख ७७ हजार पुगेको छ । आर्थिक वर्ष २०७७÷०७ मा गरिएको लेखापरीक्षणबाट ५ करोड ३७ लाख ७१ हजार बेरुजु देखिएको हो । सोमध्ये अशुल गर्नुपर्ने ८४ लाख ५९ हजार, प्रमाण कागजपत्र पेस गर्नुपर्ने ८९ लाख ९५ हजार, नियमित गर्नुपर्ने ३ करोड ८७ हजार र पेस्की ६२ लाख ३० हजार रहेको छ । पालिकाको गत वर्षको बेरुजु १२ करोड ४४ लाख ६ हजार रहेको थियो । गत वर्ष र यस वर्षको बेरुजु गरी हालसम्मको बेरुजु १७ करोड ८१ लाख ७७ हजार पुगेको छ ।

Blog Post Ad

राजपुर गाउँपालिकाको बेरुजु २४ करोड २७ लाख ५२ हजार पुगेको छ । आर्थिक वर्ष २०७७÷०७८ मा गरिएको लेखापरीक्षणबाट ५ करोड ९८ लाख ३ हजार बेरुजु देखिएको छ । सोमध्ये अशुल गर्नुपर्ने ४१ लाख ५४ हजार, प्रमाणपत्र पेस गर्नुपर्ने २ करोड ३ लाख ८ हजार, नियमित गर्नुपर्ने २ करोड ६८ लाख २७ हजार र पेस्की ५ लाख १४ हजार रहेको छ । पालिकाको गत वर्षको बेरुजु १ करोड २९ लाख ४९ हजार रहेको थियो । गत वर्ष र यस वर्षको गरी हालसम्म बेरुजु २४ करोड २७ लाख ५२ हजार पुगेको छ ।

यस्तै गढवा गाउँपालिकाको बेरुजु २६ करोड ३१ लाख ९ हजार पुगेको छ । आर्थिक वर्ष २०७७÷०७ मा गरिएको लेखापरीक्षणबाट ८ करोड २३ लाख ६ हजार देखिएको छ । सोमध्ये अशुल गर्नुपर्ने १ करोड ६३ लाख ३३ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने १ करोड ७२ लाख ४ हजार, नियमित गर्नुपर्ने ३ करोड २३ लाख ४७ हजार र पेस्की १ करोड ६५ लाख २ हजार रहेको छ । पालिकाको गत वर्षको बेरुजु १ करोड ८ लाख ३ हजार रहेको थियो । गत वर्ष र यस वर्ष गरेर हालसम्मको बेरुजु २६ करोड ३१ लाख ८९ हजार पुगेको छ ।

दंगीशरण गाउँपालिकाको बेरुजु ५ करोड ४३ लाख ३५ हजार पुगेको छ । आर्थिक वर्ष २०७७÷०७८ मा गरिएको लेखापरीक्षणबाट २ करोड २ लाख १५ हजार बेरुजु देखिएको छ । सोमध्ये ११ लाख ६६ हजार, प्रमाणपत्र र कागजपत्र पेस गर्नुपर्ने ४३ लाख ९३ हजार, नियमित गर्नुपर्ने १ करोड ४३ लाख ५६ हजार र पेस्की ३ लाख रहेको छ । पालिकाको गत वर्षको बेरुजु ३ करोड ४१ लाख २० हजार रहेको थियो । गत वर्ष र यस वर्ष गरेर पालिकाको बेरुजु ५ करोड ४३ लाख ३५ हजार पुगेको छ ।

बंगलाचुली गाउँपालिकाको बेरुजु १४ करोड ७३ लाख ४१ हजार पुगेको छ । आर्थिक वर्ष २०७७÷०७८ मा गरिएको लेखापरीक्षणबाट ३ करोड ९१ लाख ६३ हजार बेरुजु देखिएको छ । सोमध्ये अशुल गर्नुपर्ने १७ लाख ५८ हजार, प्रमाण कागज पेस गर्नुपर्ने १ करोड ३८ लाख ४९ हजार, नियमित गर्नुपर्ने २ करोड २५ लाख ११ हजार र पेस्की १० लाख ४५ हजार रहेको छ । पालिकाको गत वर्षको बेरुजु १० करोड १ लाख ७ हजार रहेको थियो । गत वर्ष र यस वर्ष गरेर पालिकाको बेरुजु १४ करोड ७३ लाख ४१ पुगेको छ ।

बबई गाउँपालिकाको बेरुजु ८ करोड ७६ लाख ४६ हजार पुगेको छ । आर्थिक वर्ष २०७७÷०७८ मा गरिएको लेखा परीक्षणबाट ४ करोड १७ लाख ५५ हजार बेरुजु देखिएको छ । सोमध्ये अशुल गर्नुपर्ने ३९ लाख ७२ हजार, प्रमाणपत्र, कागजपत्र पेस गर्नुपर्ने १ करोड २८ लाख ३ हजार, नियमित गर्नुपर्ने १ करोड ० लाख ३६ हजार र पेस्की ६९ लाख ४४ हजार रहेको छ । पालिकाको गत वर्षको बेरुजु ४ करोड ५ लाख ९१ हजार रहेको छ । गत वर्ष र यस वर्षको गरेर पालिकाको बेरुजु ८ करोड ७६ लाख ४६ हजार पुगेको छ ।

Blog Post Ad Blog Post Ad