Ad Area

काष्ठकला सम्वन्धी घोराहीमा एक महिने पुनर्ताजगी तालिम सुरु


घोराही,५ बैशाख । घोराहीमा एक महिने काष्ठकला सम्वन्धी पुनर्ताजगी तालिम सुरु भएको छ । घोराही उपमहानगरपालिका पर्यटन तथा संस्कृति प्रवद्र्धन शाखाको आयोजना तथा दाङ हस्तकला संघ घोराही शाखाको सहजीकरणमा मंगलवारदेखि घोराहीमा एक महिने पुनर्ताजगी तालिम सुरु भएको हो ।

दाङ हस्तकला संघका अध्यक्ष अशोक थारुको अध्यक्षतामा सुरु भएको तालिम उद्घाटन् कार्यक्रममा पालिकाको पर्यटन संस्कृति उपसमितीका संयोजक तथा वडा नं १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डेय, घोराही २ का वडा अध्यक्ष चित्रबहादुर चौधरी, पर्यटन विकास केन्द्र दाङका उपाध्यक्ष डा. लोकराज पराजुली, पर्यटन तथा संस्कृति प्रवद्र्धन शाखाका कर्मचारी राधा भट्टराई, रेडियो मध्यपश्चिमका सम्पादक छवी पुरीलगायतले बोल्दै काष्ठकला सम्वन्धी ज्ञान सिकेर रोजगारीसँगै परम्परागत सिप संरक्षणमा लाग्न सहभागीहरुलाई आग्रह गरेका थिए ।

तालिममा ८ जनाको सहभागीता रहेको तालिमको प्रशिक्षकमा प्रमोद श्रेष्ठ रहेका छन् । प्रशिक्षार्थीहरुका रुपमा काष्ठकला सम्बन्धि काम गर्र्दै आएका सुशील घर्ती, डम्बर नेपाली, रिता घर्ती, रितिक नेपाली, सौरव नेपाली, समिर नेपाली, रामप्रसाद चौधरी र विमोचन चौधरी रहेका छन् ।

संघका सल्लाहाकार संस्कृतविद् डा. गोविन्द आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार चन्द्रप्रकाश नेपालीले गरेका थिए । तालिम जेठको ४ गतेसम्म घोराहीमा चल्ने छ । तालिममा गतबर्ष पहिलो चरणमा काष्ठकला सम्वन्धी आधारभूत तह सम्वन्धी ज्ञान लिइसकेका सहभागीहरु रहेका छन् । उनीहरुले अहिले थप काष्ठकला सम्वन्धी ज्ञान दिइने प्रशिक्षक श्रेष्ठले जानकारी दिएका छन् ।

Blog Post Ad Blog Post Ad