Ad Area

समृद्धिका लागि वित्त व्यवस्थापन तालिम


घोराही, ५ बैशाख । त्रिभुवन नगर जेसीज दाङको सप्ताह कार्यक्रम अन्तर्रगत व्यक्तिगत वित्त व्यवस्थापन तालिम सम्पन्न भएको छ । मंगलवार जेसीज सभाहलमा आयोजना गरिएको तालिमको प्रशिक्षकमा दीपक सेठी थिए । उनले आर्थिक व्यवस्थापन र समृद्धिका लागि व्यक्तिगत वित्त व्यवस्थापनका विषयमा जानकारी गराए ।

तालिम उद्घाटन सत्रमा सप्ताह कार्यक्रम मुलसंयोजक अमर अधिकारीले बैशाख १ गतेवाट ७ गते सम्म विभिन्न औपचारिक कार्यक्रम आयोजना गरिएको जानकारी गराए । हालसम्म फुटसल प्रतियोगिता, रक्तदान कार्यक्रम, सडक दुर्घटना न्युनीकरणका लागि अटो चालकहरुलाई ट्राफिक सचेतना प्रदान गरिएको संयोजक अधिकारीले जानकारी गराए ।

छैठौ दिन बुधवार जेसीज मार्ग तथा प्रांगणमा सरसफाई गरिनेछ । भने ७ गते औपचारिक रुपमा सप्ताहको समापन गरिने छ । जेसीजका अध्यक्ष कुल बहादुर वलीको अध्यक्षता तथा नविल बैंक देउखुरी कलष्टर दाङका मुरारी प्रसाद अर्यालको प्रमुख आतिथ्यतामा तालिम संचालन गरिएको थियो । वित्त व्यवस्थापन तालिमका संयोजक विमल खड्काको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा कानुनी सल्लाहकार महेश गुप्ताले जेसीज आस्थापाठ गराएका थिए । सहासचिव किरण गौतमले कार्यक्रम संचालन गरेका थिए ।

Blog Post Ad Blog Post Ad