Ad Area

एकदिवसीय क्रिकेटमा सन्दीपको कीर्तिमान


काठमाडौं,८ वैशाख । नेपालका लेगस्पीनर सन्दीप लामिछानेले ओडिआई क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने कीर्तिमान बनाएका छन् ।

एसीसी प्रिमियर कप अन्तर्गत ओमान विरुद्ध भइरहेको खेलमा सन्दीपले एक विकेट लिएपछि ४२ खेलमै १०० विकेट लिएर कीर्तिमान बनाएका हुन् । उनले यसअघि रासिद खानले ४४ खेलमा बनाएको कीर्तिमान दुई खेल अगावै बनाएका हुन् ।

सन्दीपले ओमानका अदिल शफिकलाई आउट गर्दै ऐतिहासिक उपलब्धि हात पारेका हुन । सन्दीप लामिछानेले ४२ खेल खेल्दै ओडिआईमा १०० विकेट पूरा गरेका हुन् । यसअघि अफगानिस्तानका राशिद खानले ४४ खेलमा १०० विकेट लिँदै उक्त कीर्तिमान बनाएका थिए । सन् २०१८ मा नेदरल्याण्ड्स विरुद्ध ओडिआईमा डेब्यु गरेका सन्दीपको बेस्ट बलिङ फिगर ६÷११ हो ।

Blog Post Ad Blog Post Ad