Ad Area

विद्यालयको एउटा लापरवाहीले विद्यार्थीमा परेको असर


दाङ,८ बैशाख । विद्यालयको एउटा त्रुटी,जस्ले गर्दा एक विद्यार्थीले दश कक्षामा पढ्नुपर्ने समयमा पुनः ८ कक्षाको परिक्षा दिनुपर्ने अवस्था आएको छ । बंगलाचुली गाउँपालिका–४ गहतेरा निवासी खड्गबहादुर डाँगी बंगलाचुली गाउँपालिका ३ स्थीत श्री माध्यामिक विद्यालय भेडावारी मुलावारीमा अध्ययन गर्दै आएका थिए ।

त्यही क्रममा डाँगीले गत शैक्षिकसत्रमा कक्षा ९ को परिक्षा दिए । विद्यालयले उक्त परिक्षाको नतिजा पनि प्रकाशित ग¥यो तर उक्त नतिजामा उनको नाम नै थिएनन् । विद्यालयले निकालेको नतिजामा आफ्नो नाम नै नभेटेपछि उनी अचम्म परेर विद्यालयका प्रधानाध्यापक खगराज लम्साललाई त्यस बारेमा सोधे ? प्रधानाध्यापक लम्सालले भने सुरुमा प्राविधिक गल्ती भनेर पन्छिने कोसिस गरे ।

तर विद्यार्थी डाँगीले विद्यालयकै कारण आफ्नो एक बर्षको मेहनत खेर गएको भन्दै त्यसको उचित जवाफ खोजेपछि कक्षा आठको परिक्षामा पास हुँदा गणित विषयमा ‘ई’ ग्रेट मात्रै अंक प्राप्त भएकाले एसईई परिक्षाका लागि रजिष्टेसन फर्म भर्न नपाउने भएका कारण कक्षा ९ को परिक्षामा पास गराउन नसकिएको भन्दै पुन ः ८ कक्षाको ग्रेट ई वाला विषयको परिक्षा दिनुपर्ने बताउने गरेको विद्यार्थी डाँगीले बताएका छन् ।

विद्यालयले कक्षा ८ को सर्टिफिकेट दिदा पास भनेर दिएर आफ्नो भविष्यप्रति लापरवाही गरेको बताउँछन् । ‘मैले पढ्दा सरहरुले पढ्न पाउँदैनस भन्नुभएन । पुरै शैक्षिकसत्र पढेर परिक्षा पनि दिए,तर नतिजामा नाम नै छैन’,शुक्रवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर विद्यार्थी डाँगीले भने,‘यो विद्यालयको गम्भीर लापरवाही होइन र ? ९ कक्षा पढ्न नमिल्ने भए बर्षभरी किन केही भन्नु भएन सरहरुले ?’

बर्षभरी अध्ययन गरेको, विद्यालयले गराउने प्रत्येक परिक्षामा सहभागी हुनका साथै सरहरुबाटै टिउसन समेत पढेर परिक्षा दिएपनि अहिले नतिजा नै नआउँदा आफु दुःखी भएको विद्यार्थी डाँगी बताउँछन् । २०७५ सालमा कक्षा ८ पास गरेका डाँगीले नेपाली विषयमा सि प्लस,अग्रेजी,विज्ञान, सामाजिक शिक्षा तथा जनसंख्या विषयमा सि, गणित विषयमा इ,स्वास्थ्य तथा शारिरीक शिक्षामा बि प्लस, नागरिक तथा नैतिक शिक्षा, तथा कम्प्युटरमा बि ग्रेट नम्वर ल्याएर पास भएको विद्यालयले उल्लेख गरेको छ ।

Blog Post Ad

बिद्यार्थी डाँगीले आफूलाई रजिस्ट्रेसन फर्म भर्न नमिल्ने भए किन ९ कक्षामा भर्ना गरियो र अहिलेसम्म थाहा नै नदिएर राखियो भने प्रश्न समेत गर्दा चित्त बुझ्दो जवाफ विद्यालयबाट नआएको बताउँछन् । आफ्नो एक वर्षको समय खेर फाल्ने काम विद्यालयकातर्फबाट भएको भन्दै प्रधानाध्यापक खगराज लम्साललाई प्रश्नगर्दा प्रअ लम्सालले मिस्टेकले भएको भन्दै माफी मागेर पन्छिन खोजेको बताए ।

तर विद्यालयका प्रधानाध्यापक लम्सालले नतिजाको विषयमा प्रत्येक वर्ष परिवर्तन भएर आउँदा अहिले समस्या भएको बताए । ‘पहिला इ ग्रेड ल्याउने विद्यार्थीले पनि फर्म भर्न मिल्ने र परिक्षा दिन पाउँथे’,प्रधानाध्यपक लम्सालले भने,‘तर अहिले रजिष्टेसन फर्म भर्नका लागि डि ग्रेड विद्यार्थीले ल्याएको हुनुपर्ने रहिछ । जस्ले गर्दा समस्या भयो ।’

विद्यार्थीहरुको भविष्यमाथि विद्यालयले खेलवाड गर्ने काम गरेको भन्दै नेपाल विद्यार्थी संघ बंगलाचुलीले घट्नाको सत्यतथ्य छानविन गर्न माग गरेको छ । नेपाल विद्यार्थी संघ बंगलाचुलीका सभापति भरतजोन भण्डारीले विद्यालयमा ज्ञापनपत्र बुझाउँदै विद्यार्थीको नजिता सार्वजनिक गर्न माग गर्दै पठनपाठनका लागि व्यवस्था मिलाउन समेत माग गरेका छन् ।

‘विद्यालयको लापरवार्हीका कारण एउटा विद्यार्थीको पढ्न पाउने अधिकारबाट बञ्चित गर्न खोजिएको छ’,सभापति भण्डारीले भने,‘यस विषयलाई गम्भीरताका साथ लिन विद्यालय र गाउँपालिकालाई आग्रह गर्दछौ ।’

Blog Post Ad Blog Post Ad